‘प्रेस स्वतन्त्रतामा आँच आउन नदिन संसद् चनाखो र सजग छ’ « Khabarhub

‘प्रेस स्वतन्त्रतामा आँच आउन नदिन संसद् चनाखो र सजग छ’


२० बैशाख २०८२, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


48
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – सभामुख देवराज घिमिरेले प्रेस स्वतन्त्रतामा आँच आउन नदिन संसद् सधैँ सजग र चनाखो रहने प्रतिबद्धता व्यक्त गरेका छन् ।

विश्व प्रेस स्वतन्त्रता दिवस २०२५ को अवसरमा शनिबार सञ्चारकर्मी, सञ्चारमाध्यम, प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताका पक्षमा वकालत गर्ने अगुवा एवं आम जनसमुदायमा शुभकामना व्यक्त गर्दै उनले प्रेस स्वतन्त्रताको पक्षमा रहने प्रतिबद्धता व्यक्त गरेका हुन् ।

सभामुख घिमिरेले सन्देशमा भनेका छन्, ‘नेपालको संविधानले प्रेस तथा अभिव्यक्ति स्वतन्त्रतालाई मौलिक हकको रूपमा सुनिश्चित गरेको छ । प्रेस स्वतन्त्रताको प्रत्याभूति संविधानको आत्मा हो, जसको रक्षा गर्नु संसद्को पनि प्रमुख दायित्व हो ।’

प्रेस स्वतन्त्रता भनेको केवल पत्रकारको हक मात्र नभई, सुसूचित हुन पाउने जनताको पनि हक भएको उनको भनाइ छ ।सभामुखले घिमिरेले स्वतन्त्र प्रेसको माध्यमबाट मात्र समाजमा सत्य, जवाफदेहिता र सुशासन स्थापित हुने उल्लेख गरे ।

उनले भने, ‘विश्व प्रेस स्वतन्त्रता दिवस प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताको रक्षा, प्रवद्र्धन र सरोकारका विषयहरूमा गम्भीर बहस गर्न प्रेरित गर्ने महत्त्वपूर्ण अवसर हो ।’

– रासस

प्रकाशित मिति : २० बैशाख २०८२, शनिबार  ११ : ३१ बजे

सुनका गरगहना चोरीमा संलग्न पाँचजना पक्राउ

काठमाडौं । भक्तपुरको मध्यपुरथिमि नगरपालिका–१, लोकन्थलीस्थित एउटा घरबाट सुनका गरगहना,

प्रधानाध्यापकमाथि हातपात गर्ने २ जना पक्राउ

काठमाडौं । काठमाडौंको बूढानीलकण्ठ नगरपालिका–१०, कपनस्थित बाल उद्धार माध्यमिक विद्यालयका

पोखरा स्कुल बस दुर्घटनाका घाइतेलाई एयर एम्बुलेन्सबाट काठमाडौं लगियो

पोखरा । कास्कीको पोखरा महानगरपालिका–२८ ओख्लेमा स्कुल बस दुर्घटनामा घाइते अश्मि

बूढीगण्डकी बाढी : आरुघाटमा बेलीब्रिज जडानको तयारीमा खटियो सेनाको टोली

काठमाडौं । बूढीगण्डकी बाढीले आरुघाट–धादिङ जोड्ने मोटरेबल पुलमा बगाएपछि सो

उपचार र राहतमा सहमतिपछि स्कुल बस दुर्घटनाका मृतकको अन्त्येष्टि

कास्की – पोखरा महानगरपालिका–२८ कालिकास्थित ओख्लेको भिरमा शुक्रबार बिहान स्कुल