विश्व प्रेस स्वतन्त्रता दिवसमा स्वास्थ्य परीक्षण « Khabarhub

विश्व प्रेस स्वतन्त्रता दिवसमा स्वास्थ्य परीक्षण


२० बैशाख २०८२, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


27
Shares
  • change font
  • change font
  • change font

तनहुँ– विश्व प्रेस स्वतन्त्रता दिवस (मे ३) को अवसरमा तनहुँका पत्रकारको स्वास्थ्य परीक्षण गरिएको छ। नेपाल पत्रकार महासङ्घ तनहुँको आयोजना, प्रदेश अस्पताल दमौली र प्रदेश जनस्वास्थ्य कार्यालयको सहयोगमा आज जिल्लास्थित पत्रकारहरूको स्वास्थ्य परीक्षण गरिएको हो । 

स्वास्थ्य परीक्षणमा २५ जना पत्रकारको नसर्ने रोगको परीक्षण गरिएको महासङ्घका अध्यक्ष धनपति अधिकारीले जानकारी दिए । त्यसक्रममा पाँच जना महिला पत्रकारको पाठेघरको मुखको क्यान्सरको स्क्रिनिङ समेत गरिएको छ । नेपाल पत्रकार महासङ्घ केन्द्रीय समितिले स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयसँगको सहकार्यमा प्रत्येक जिल्लामा स्वास्थ्य परीक्षण गर्न गरेको परिपत्र बमोजिम जिल्लामा स्वास्थ्य परीक्षणको व्यवस्था मिलाइएको हो । 

प्रेस स्वतन्त्रता दिवसकै अवसरमा त्यसअघि दमौली बजारमा प्रभातफेरी गरिएको थियो । व्यास नगरपालिका–३ अनसनचौतारीबाट सुरु भएको प्रभातफेरी सफासडक, न्युरोड, नेपाल पत्रकार महासङ्घ कार्यालय, मालपोत लाइन हुँदै पुनः अनसनचौतारीमा आएर कोणसभामा परिणत भएको थियो । 

कोणसभामा भानु नगरपालिकाका प्रमुख आनन्दराज त्रिपाठीले पत्रकारिता स्वतन्त्र र निष्पक्ष हुनुपर्ने बताउँदै प्रेस स्वतन्त्रता रक्षाका लागि आफू सदैव प्रतिबद्ध रहेको बताए। नेपाल बार एशोसिएसन तनहुँका अध्यक्ष डम्बरदेव हड्खलेले संविधानमै प्रेस स्वतन्त्रता उल्लेख भएको बताउँदै त्यसका लागि सबै प्रतिबद्ध हुनुपर्ने चर्चा गरे। 

कार्यक्रममा नेपाल पत्रकार महासङ्घका पूर्व केन्द्रीय सदस्य प्रदीप काफ्ले, निवर्तमान अध्यक्ष उज्वल पौडेल, पूर्वअध्यक्षहरु डम्बरबहादुर अधिकारी, ओमकार आचार्य, प्रेस युनियन तनहुँका अध्यक्ष गोरा मियाँ, प्रेस चौतारी तनहुँका अध्यक्ष विवि श्रेष्ठलगायतले प्रेस स्वतन्त्रताको विषयमा चर्चा गरेका थिए । 
 

प्रकाशित मिति : २० बैशाख २०८२, शनिबार  १ : ३० बजे

धादिङमा ५२ किलो अफिम र तीन वटा भरुवा बन्दुक बरामद

धादिङ – फरार प्रतिवादीको खोजीमा खटिएको धादिङ प्रहरीले ठूलो परिमाणमा

मर्दी पदयात्राका क्रममा एक पर्यटक बेपत्ता

कास्की – कास्की जिल्लामा अन्नपूर्ण संरक्षण क्षेत्रमा पर्ने मर्दी हिमाल

इँटाका चाङले पुरिँदा तीन मजदुरको मृत्यु

काठमाडौँ । सर्लाहीको हरिपुर नगरपालिका–५ कृष्ण इँटा उद्योगमा चाङ खस्दा

मनसुनबाट २ लाख २६ हजार ६६१ व्यक्ति प्रभावित हुने अनुमान

काठमाडौं – यसपालि मनसुनको समयमा दुई लाख २६ हजारभन्दा बढी

निरुता बनिन् राष्ट्रिय महिला भलिबल टोलीको नयाँ कप्तान

काठमाडौं – ओपन स्पाइकर निरुता ठगुन्ना नेपाली राष्ट्रिय महिला भलिबल