चीनमा लोकतन्त्रको समर्थनमा ब्यानर प्रदर्शन गर्ने पक्राउ « Khabarhub

चीनमा लोकतन्त्रको समर्थनमा ब्यानर प्रदर्शन गर्ने पक्राउ


२० बैशाख २०८२, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


369
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- लोकतन्त्रको समर्थनमा ब्यानर प्रदर्शन गर्ने एक जना युवालाई चीनमा पक्राउ गरिएको छ । चीनको चेङ्दु शहरमा ब्यानर प्रदर्शन गरेको भन्दै प्रहरीले २७ वर्षीय मेई शिलिनलाई पक्राउ गरेको हो ।

रेडियो फ्रि एशियाका अनुसार ‘राष्ट्रिय सुरक्षामा जोखिम निम्त्याएको’ आरोपमा उनलाई पक्राउ गरिएको हो । विदेशमा उनको कुनै सम्बन्ध छ कि भनेर अनुसन्धान अघि बढाइएको छ ।

उनले चेङ्दुको चादिआन्जी बस पार्कनजिकै रहेको पुलमा तीन वटा ब्यानर प्रदर्शन गरेको जनाइएको छ । सिचुवान प्रान्तको मुचुवान काउन्टीमा बसोबास गर्ने मेइ विगत १० दिनदेखि बेपत्ता थिए ।

उनले प्रदर्शन गरेको ब्यानरमा ‘राजनीतिक सुधारबिना राष्ट्रिय पुनर्जागरण सम्भव छैन’, ‘निरंकुश शक्ति भएको राजनीतिक पार्टी जनतालाई चाहिँदैन’ र ‘चीनलाई कसैले दिशा निर्देश दिनुपर्दैन, लोकतन्त्र नै अबको दिशा हो’ उल्लेख गरिएको थियो । चीनमा बेलाबेला यस्ता प्रदर्शन हुने गरेका छन् ।

प्रकाशित मिति : २० बैशाख २०८२, शनिबार  २ : १४ बजे

अमेरिकामा मेक्सिकन विमान दुर्घटना, पाँच जनाको मृत्यु

एजेन्सी– अमेरिकी राज्य टेक्सासमा मेक्सिकन नौ – सेनाको चिकित्सा सामाग्री

सक्रिय बन्दै गण्डकीका न्यायिक समिति : अधिकांश मुद्दा मेलमिलापमै टुङ्गिए

गलकोट– गण्डकी प्रदेशका ११ जिल्लाका ८५ स्थानीय तहका न्यायिक समिति

नयाँ नेतृत्वका साथ कांग्रेस चुनावमा सहभागी हुनुपर्छ : नेता पौडेल

काठमाडौं– नेपाली कांग्रेसका नेता एवं पूर्वमन्त्री प्रदीप पौडेलले पार्टीको १५औँ

मोटरसाइकलको ठक्करबाट घाइते पैदलयात्रीको मृत्यु

काठमाडौं– काठमाडौँ महानगरपालिका–३२ स्थित सडकमा बा ८९ प ६३६५ नम्बरको

उच्चस्तरीय राजनीतिक वार्ता समिति पुग्यो कांग्रेस कार्यालय (तस्बिरहरू)

काठमाडौं– उच्च स्तरीय राजनीतिक वार्ता समितिद्वारा नेपाली कांग्रेसको पार्टी कार्यालयको