आतंककारी आक्रमणपछि पनि पहलगाममा पर्यटकको चहलपहल « Khabarhub

आतंककारी आक्रमणपछि पनि पहलगाममा पर्यटकको चहलपहल


२० बैशाख २०८२, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


135
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– भारत प्रशासित जम्मु कश्मीरको पहलगाम क्षेत्रमा भएको आतंककारी आक्रमणमा एक जना नेपालीसहित २७ जना पर्यटकले ज्यान गुमाए । पहलगाम आक्रमणसँगै कश्मीरमा पर्यटकको चहलपहल उल्लेख्य रुपमा घटेको छ ।

तैपनि केही पर्यटक भने सुरक्षा संवेदनशीलताका बावजुद अझै पनि कश्मीर भ्रमणमा गइरहेका छन् । अहिले पनि कतिपय पर्यटक कश्मीर भ्रमणमा गइरहेको भारतीय सञ्चार माध्यमले जनाएका छन् ।

भारतीय समाचार संस्था एएनआईसँगको कुराकानीमा कश्मीरस्थित श्री गौरीशंकर मन्दिर भ्रमणमा गएकी पर्यटक मिठु मौलिकले कश्मीरको सुन्दरताबाट आफू प्रभावित भएको बताएकी छिन् । घुम्न आउनुअघि आफूलाई डर लागेको भएपनि आइसकेपछि भने आफूले राम्रो समय व्यतित गरिरहेको उनले उल्लेख गरेकी छिन् ।

अहमदावादबाट पहलगाम घुम्न गएका केवल पटेलले पनि ‘मिनी स्विट्जरल्याण्ड’ घुम्न पाउँदा आफूलाई खुशी लागेको प्रतिक्रिया दिएका छन् । आक्रमणपछि सुरक्षा व्यवस्था अझ कडा भएकाले आफूलाई कुनै डर नलागेको उनले एएनआईलाई बताएका छन् ।

पश्चिम बंगालबाट पहलगाम पुगेकी अर्की पर्यटक मौमिता साहले पनि पहलगाम घुम्दा आफूलाई आनन्द लागिरहेको प्रतिक्रिया दिएकी छिन् । उनले भनिन्, ‘यहाँ पूरा सुरक्षा छ, सैनिकहरु तैनाथ छन् । तरपनि केही ठाउँ भने बन्द रहेछन् । यहाँ कुनै हिंसा छैन ।’

प्रकाशित मिति : २० बैशाख २०८२, शनिबार  २ : ३२ बजे

भूमिमन्त्रीको पहिलो निर्णय-समस्याग्रस्त सहकारीका विषयमा जानकार छु, समाधान गर्छु

काठमाडौं– नवनियुक्त सङ्घीय मामिला तथा सामान्य प्रशासनमन्त्री प्रतिभा रावलले पदभार

बालेनले सस्मितलाई बनाए सरकारको प्रवक्ता

काठमाडौं- प्रधानमन्त्री बालेन्द्र शाहले सरकारको प्रवक्ताको जिम्मेवारी शिक्षा, युवा तथा

बेपत्ता मुस्ताङ एयरको हेलिकप्टरमा थिए पाइलटसहित ५ यात्रु 

काठमाडौं– दोलखाबाटको ल्याप्चा क्षेत्रबाट शुक्रबार सम्पर्कविहीन भएको मुस्ताङ एयरको हेलिकप्टरमा

खेलकुदमन्त्रीले भने- खेल क्षेत्रमा हुने अनावश्यक राजनीतिकरणलाई अन्त्य गर्छु

काठमाडौं– नवनियुक्त शिक्षा, विज्ञान तथा प्रविधि र युवा तथा खेलकुदमन्त्री

ऊर्जामन्त्री श्रेष्ठले भने- ऊर्जाबाट कोही पनि वञ्चित हुनुपरोस्

काठमाडौं– नवनियुक्त ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले ऊर्जाबाट कोही पनि