भारत र पाकिस्तानको सिमानामा रहेका बासिन्दा फिर्ता « Khabarhub

भारत र पाकिस्तानको सिमानामा रहेका बासिन्दा फिर्ता


२० बैशाख २०८२, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


1.4k
Shares
  • change font
  • change font
  • change font

एजेन्सी– पाकिस्तानसँगको भारतीय सीमाका बासिन्दाहरूले प्रतिद्वन्द्वी सेनाहरूबिचको द्वन्द्वको आतंकको कारण आफ्ना परिवारलाई सीमाबाट फिर्ता पठाएका छन् ।

चेनाब नदीको किनारमा बसोबास गर्नेसेन्थको कृषि बस्तीका करिब एक हजार ५००  बासिन्दालाई द्वन्द्वको डरले स्थानान्तरण गरेको जनाइएको छ ।  
‘हामी दीर्घकालीन योजना बनाउन सक्दैनौँ,’ गाउँ प्रमुख सुखदेव कुमारले भने ।

कठिन अवस्थाका कारण ‘यहाँका अधिकांश गाउँलेहरूले आधारभूत घर बनाउनेभन्दा बढ लगानी नगर्ने उनले उल्लेख गरे।  

भारतले पाकिस्तानलाई कस्मिरमा सर्वसाधारणमाथिको आक्रमणलाई समर्थन गरेको आरोप लगाएपछि दुई छिमेकीहरूबिचको सम्बन्ध बिग्रिएको छ ।
 
पहलगाममा अप्रिल २२ मा भएको आक्रमणमा क्याबो बोकेको आरोपमा भारतीय प्रहरीले तीन जनाको खोजी जारी राखेको छ भने संयुक्त राष्ट्रसङ्घले उनीहरूलाई आतङ्कवादी घोषणा गरेको छ ।

यता पाकिस्तानले भने २६ जनाको हत्या गर्ने सहयोग गरेको आरोपलाई इस्लामाबादले अस्वीकार गरिरहेको छ । भारतीय सेनाले शनिबार आफ्ना सैनिकहरूले पाकिस्तानी सैनिकहरूसँग कश्मीरसँगको सीमामा गोली चलाएको बताएको छ ।  

 सन् १९४७ मा ब्रिटिस शासनबाट स्वतन्त्र भएदेखि नै कश्मीर भारत र पाकिस्तानको विवादित क्षेत्र बनेको छ । गाँउ प्रमुख कुमारले अधिकांश परिवारहरूले सुरक्षित आवासका  लागि अर्को ठाउँमा घर बनाई सरेको र शिविरमा करिब एक तिहाइ मात्र मानिसहरूमा रहेको बताए ।  

सन् १९९९ मा दुवै पक्षले आक्रमण गर्दा यो क्षेत्र नराम्ररी प्रभावित भएको जनाइएको छ । 

“पहलगाममा आक्रमण भए देखि बालबालिका डरैडरमा बाँचिरहेका छन् भने वार्ताका माध्यमबाट आफ्ना मतभेद समाधान गर्न नयाँ दिल्ली र इस्लामाबादमाथि अन्तर्राष्ट्रिय दबाब बढेको छ ।

संयुक्त राज्य अमेरिकाले ‘तनाव कम गर्न’ आग्रह गरेको छ, छिमेकी चीनले ‘संयम’ रहन आग्रह गरेको छ, र युरोपेली सङ्घले शुक्रबार स्थिति ‘चिन्ताजनक’ भएको चेतावनी दिएको छ ।
 

प्रकाशित मिति : २० बैशाख २०८२, शनिबार  ३ : १७ बजे

सुनका गरगहना चोरीमा संलग्न पाँचजना पक्राउ

काठमाडौं । भक्तपुरको मध्यपुरथिमि नगरपालिका–१, लोकन्थलीस्थित एउटा घरबाट सुनका गरगहना,

प्रधानाध्यापकमाथि हातपात गर्ने २ जना पक्राउ

काठमाडौं । काठमाडौंको बूढानीलकण्ठ नगरपालिका–१०, कपनस्थित बाल उद्धार माध्यमिक विद्यालयका

पोखरा स्कुल बस दुर्घटनाका घाइतेलाई एयर एम्बुलेन्सबाट काठमाडौं लगियो

पोखरा । कास्कीको पोखरा महानगरपालिका–२८ ओख्लेमा स्कुल बस दुर्घटनामा घाइते अश्मि

बूढीगण्डकी बाढी : आरुघाटमा बेलीब्रिज जडानको तयारीमा खटियो सेनाको टोली

काठमाडौं । बूढीगण्डकी बाढीले आरुघाट–धादिङ जोड्ने मोटरेबल पुलमा बगाएपछि सो

उपचार र राहतमा सहमतिपछि स्कुल बस दुर्घटनाका मृतकको अन्त्येष्टि

कास्की – पोखरा महानगरपालिका–२८ कालिकास्थित ओख्लेको भिरमा शुक्रबार बिहान स्कुल