कानुनी अनुसन्धानको प्रणाली सुधार्नुपर्छ : न्यायाधीश मल्ल « Khabarhub

कानुनी अनुसन्धानको प्रणाली सुधार्नुपर्छ : न्यायाधीश मल्ल


२० बैशाख २०८२, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


822
Shares
  • change font
  • change font
  • change font

लुम्बिनी– सर्वोच्च अदालतका न्यायाधीश सपना प्रधान मल्लले कानुनी अनुसन्धानको वर्तमान प्रणालीलाई सुधार गर्नुपर्ने बताएकी छन् । 

लुम्बिनी बौद्ध विश्वविद्यालयको स्कुल अफ ल ले आयोजना गरेको ‘राष्ट्रिय अभ्यास अदालत’ प्रतियोगिताको पुरस्कार वितरण कार्यक्रममा नेपालको संविधानले करुणासहितको न्यायको कल्पना गरेको उनले बताइन्।

अरुलाई पीडाबाट मुक्त गराउनु न्यायको अभिप्राय भएको उल्लेख गर्दै उनले भनिन्,  ‘कानुन र करुणा एकअर्काका विपरीत होइनन्, कानुनले न्याय बुझ्नुपर्छ, करुणायुक्त न्याय आजको आवश्यकता हो, त्यसो भएन भने न्याय हुँदैन । अपराधको अनुसन्धान र अभियोजनामा पनि करुणा हुनुपर्छ ।’

लुम्बिनी प्रदेशसभाका सभामुख तुलाराम घर्तीले कानुनमा न्यायिक करुणाको व्यवस्था हुनुपर्ने विचार व्यक्त गरे। महान्यायाधिवक्ता रमेश बडालले बुद्धले दिएका सन्देशलाई न्याय प्रणालीमा रूपान्तरण गर्दै जान आवश्यक रहेको बताए। 

नेपाल बार एशोसिएसनका अध्यक्ष विजयप्रसाद मिश्रले बौद्ध न्याय प्रणालीलाई न्यायसम्पादनमा अनुशरण गर्दा कानुनी क्षेत्रमा नयाँ अभ्यास स्थापित हुने बताए।

लुम्बिनी बौद्ध विश्वविद्यालयका रजिष्ट्रार डा. तिलकराम आचार्यले राष्ट्रिय एवं अन्तर्राष्ट्रिय बजारमा बिक्न सक्ने जनशक्ति विश्वविद्यालयले उत्पादन गर्दै आएको बताए। 
 

प्रकाशित मिति : २० बैशाख २०८२, शनिबार  ३ : ३९ बजे

सुनका गरगहना चोरीमा संलग्न पाँचजना पक्राउ

काठमाडौं । भक्तपुरको मध्यपुरथिमि नगरपालिका–१, लोकन्थलीस्थित एउटा घरबाट सुनका गरगहना,

प्रधानाध्यापकमाथि हातपात गर्ने २ जना पक्राउ

काठमाडौं । काठमाडौंको बूढानीलकण्ठ नगरपालिका–१०, कपनस्थित बाल उद्धार माध्यमिक विद्यालयका

पोखरा स्कुल बस दुर्घटनाका घाइतेलाई एयर एम्बुलेन्सबाट काठमाडौं लगियो

पोखरा । कास्कीको पोखरा महानगरपालिका–२८ ओख्लेमा स्कुल बस दुर्घटनामा घाइते अश्मि

बूढीगण्डकी बाढी : आरुघाटमा बेलीब्रिज जडानको तयारीमा खटियो सेनाको टोली

काठमाडौं । बूढीगण्डकी बाढीले आरुघाट–धादिङ जोड्ने मोटरेबल पुलमा बगाएपछि सो

उपचार र राहतमा सहमतिपछि स्कुल बस दुर्घटनाका मृतकको अन्त्येष्टि

कास्की – पोखरा महानगरपालिका–२८ कालिकास्थित ओख्लेको भिरमा शुक्रबार बिहान स्कुल