कांग्रेस संसदीय दलको बैठकमा उठ्यो राज्यमन्त्री कान्छारामलाई हटाइएको विषय « Khabarhub

कांग्रेस संसदीय दलको बैठकमा उठ्यो राज्यमन्त्री कान्छारामलाई हटाइएको विषय


२० बैशाख २०८२, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


2.7k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपाली कांग्रेस संसदीय दलको बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीले केही समयअघि बर्खास्त गरेका ऊर्जा, जलस्रोत तथा सिँचाइ राज्यमन्त्री पूर्णबहादुर तामाङको विषय उठेको छ ।

नेपाल विद्युत् प्राधिकरणका तत्कालीन प्रबन्ध निर्देशक कुलमान घिसिङको विषयमा ऊर्जामन्त्री दीपक खड्कासँग सुरू भएको द्वन्द्व बढ्दै गएपछि प्रधानमन्त्री ओलीले वैशाख १० गते ऊर्जा राज्यमन्त्री तामाङलाई बर्खास्त गरेका थिए ।

कान्छारामको नामबाट पनि चिनिने तामाङ कांग्रेसको रामेछाप जिल्ला सभापति पनि हुन् । ‘कान्छारामजीलाई फिर्ता बोलाउनु पर्नेमा हटाइयो भन्ने कुरो उठेको छ,’ नयाँ बानेश्वरस्थित संघीय संसद् भवनको ल्होत्से हलमा जारी दलको बैठकमा सहभागी एक सांसदले भने ।

ती सांसदले अहिलेसम्म बोल्ने कसैले पनि सरकारले शुक्रबार संसद्मा प्रस्तुत गरेको वार्षिक नीति तथा कार्यक्रमको विरोधमा नबोलेको पनि जानकारी दिए । ‘नीति कार्यक्रमप्रति असन्तुष्टि भन्दा पनि सबै माननीयहरूको विकास बजेट क्षेत्रगत पाउनु पर्‍यो भन्ने छ,’ कांग्रेस सांसदले भने ।

प्रकाशित मिति : २० बैशाख २०८२, शनिबार  ४ : ०६ बजे

दशैंपछि मुक्तिनाथ मन्दिरमा दर्शनार्थी बढे

मुस्ताङ – हिन्दु तथा बौद्ध धर्मालम्बीहरुको धार्मिक साझा तीर्थस्थल मुक्तिनाथ

बङ्गलादेशमा एकै दिनमा दुई हजारभन्दा बढीमा डेङ्गु सङ्क्रमण

ढाका – बङ्गलादेशमा आइतबार बिहानसम्मको २४ घण्टामा दुई हजार २४९

एनपीएल हेर्न ९ सहरमा एक्सट्रीमका १० फ्यान जोन, प्रवेश निःशुल्क

काठमाडौं – नेपाल प्रिमियर लिग (एनपीएल)को तेस्रो संस्करणलाई लक्षित गर्दै

दसैँमा ६४२ चेलीले लिए निःशुल्क यातायात सेवा

खोटाङ – जिल्लामा क्रियाशील युवा समूहले सञ्चालन गरेको ‘दसैँ, तिहार,

कर्णालीमा सवारी कारबाहीबाट १२ दिनमा १२ लाख राजस्व सङ्कलन

कर्णाली – कर्णाली प्रदेशमा सवारी कारबाहीबाट १२ दिनमा रु १२