सरकारको नीति, कार्यक्रमप्रति कांग्रेस सांसदको असन्तुष्टि, बैठकमा भने– हाम्रो नारा खोई ? एमालेको बोकेर हिँडिदिनुपर्ने ? « Khabarhub

सरकारको नीति, कार्यक्रमप्रति कांग्रेस सांसदको असन्तुष्टि, बैठकमा भने– हाम्रो नारा खोई ? एमालेको बोकेर हिँडिदिनुपर्ने ?


२० बैशाख २०८२, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


567
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपाली कांग्रेसका सांसदहरूले सरकारको नीति तथा कार्यक्रमप्रति असन्तुष्टि व्यक्त गरेका छन् । नयाँ बानेश्वरस्थित संघीय संसद् भवनको ल्होत्से हलमा जारी दलको बैठकमा बोल्ने सांसदहरूले नीति तथा कार्यक्रमप्रति असन्तुष्टि व्यक्त गरेका हुन् ।

बैठकमा सहभागी एक सांसदका अनुसार केही सांसदहरूले शुक्रबार संसद्मा प्रस्तुत भएको सरकारको नीति तथा कार्यक्रमका प्रति असन्तुष्टि देखिएको छ । ती सांसदले खबरहबसँग भने, ‘केही माननीयज्यूहरूले सरकारको नीति तथा कार्यक्रमप्रति असन्तोष व्यक्त गर्नुभयो । नीति तथा कार्यक्रमले गठबन्धन भन्ने कुरा बिर्सियो भन्ने उहाँहरूको कुरा छ ।’

बैठकमा सत्ताको नेतृत्व गरिरहेको नेकपा एमालेले कांग्रेसको ‘समुन्नत नेपाली, समृद्ध नेपाल’ नारालाई नीति तथा कार्यक्रममा नसमेटेको प्रति आपत्ति जनाएका छन् । ‘नीति तथा कार्यक्रमले गठबन्धन भन्ने कुरा बिर्सियो भन्न मलाई अनुभूति भएको छ । अब हामी ‘सुखी नेपाली, समृद्ध नेपाल’को नारा बोकेर हिँड्ने हो ?,’ एक सांसद्को भनाइ उद्धृत गर्दै ती सांसदले भने ।

केही सांसदहरूले आगामी आर्थिक वर्षका लागि बजेट तर्जुमा गर्दा नीति तथा कार्यक्रमजस्तै भए कांग्रेसलाई गाह्रो हुने पनि धारणा राखेका छन् । ‘बजेट बनाउने विषयमा पनि हाम्रो यस्तै परिस्थिति भयो भने हामीलाई अप्ठ्यारो हुन्छ,’ सांसद सीता गुरुङलाई उद्धृत गर्दै ती सांसद्ले भने, ‘यसमा ध्यान जाओस् भन्ने म अनुरोध गर्न चाहन्छु ।’

बैठकमा राष्ट्रपतिसँग जोडिएको सुत्केरी कार्यक्रमलाई निरन्तरता नदिइएको विषय पनि उठेको छ । ‘राष्ट्रपति कांग्रेसको हुँदा र अरुको हुँदा फरक दृष्टिकोण हो कि के हो ?,’ सांसद गुरुङले बैठकमा भनिन्, ‘राष्ट्रपतिसँग जोडिएको सुत्केरी कार्यक्रमलाई निरन्तरता दिने विषय पनि हटाइएको छ ।’

प्रकाशित मिति : २० बैशाख २०८२, शनिबार  ४ : ५८ बजे

कालोपत्रे गरेको ६ महिना नबित्दै उक्कियो शैलुङ- कालापानी सडकको कालोपत्रे 

दोलखा– दोलखाको प्रमुख पर्यटकीय गन्तव्य शैलुङ जोड्ने मुडे–बागखोर–कालापानी सडकको कालोपत्रे

चाडपर्वमा सुरक्षाका लागि मकवानपुरमा ६३६ प्रहरी परिचालन

हेटौँडा– जिल्ला प्रहरी कार्यालय मकवानपुरले बडादसैँ, दीपावली, नेपाल संवत् र

नेपाली कांग्रेस महाधिवेशन : सहमहामन्त्री र केन्द्रीय सदस्यको मतगणना अन्तिम तयारी

काठमाडौँ – नेपाली कांग्रेसको १५औँ केन्द्रीय महाधिवेशनअन्तर्गत भइरहेको मतगणनाको क्रममा

सलमान खानले सुरु गरे आफ्नै युट्युब च्यानल

काठमाडौं– पर्दामा एक्सन, रोमान्स र दमदार संवादका लागि चिनिने बलिउड

बूढीगण्डकी बाढी : कांग्रेस सभापति थापाद्वारा उद्धारमा जुट्न आग्रह

काठमाडौं– नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले गोरखाको बूढीगण्डकी नदीमा आएको