मुलुकको शासन प्रणाली अत्यन्तै महंगो भयो : एनपी साउद « Khabarhub

मुलुकको शासन प्रणाली अत्यन्तै महंगो भयो : एनपी साउद


२० बैशाख २०८२, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


138
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपाली कांग्रेसका नेता एनपी साउदले मुलुकको शासन प्रणाली अत्यन्तै महंगो भएको बताएका छन् । पोखरामा शनिबार कास्की कांग्रेस, क्षेत्र नम्बर–२ को दोस्रो क्षेत्रीय सम्मेलन सम्बोधन गर्दै उनले महंगो शासन प्रणालीलाई जनताले ब्यहोर्न नसक्ने बताए ।  

‘धेरै एक्सिपेन्सिभ भयो राज्य प्रणाली । नेपाली जनताले यति ज्यादा महंगो शासन प्रणाली व्यहोर्न सक्दैनन्,’ पूर्व परराष्ट्रमन्त्री साउदले भने, ‘शासन प्रणालीमा जति साधारण खर्च बढ्छ त्यति विकासका सम्भावनाहरू कम हुन्छन् । किन भने विकास खर्च त्यति घट्छ ।’

उनले संविधान संशोधन गरेर शासन प्रणालीमा हुने खर्च घटाउने विषयतर्फ ध्यान दिनुपर्नेमा जोड दिए । नेता साउदले सरकार सरकार खाली जुहारीमा मात्रै केन्द्रित भएको पनि टिप्पणी गरे । सरकार कहिले शिक्षकलाई, कहिले कर्मचारीलाई जवाफ दिने काममा केन्द्रित भए प्राथमिक दायित्व निर्वाह गर्न नसक्ने उनको भनाइ थियो ।  

‘संविधानमा परिमार्जन गर्नेतिर दुईतिहाइको सरकार जाला भनेर हामीले सोचेका थियौँ । तर, सरकार खाली जुहारीमा मात्रै केन्द्रित भएको देखिन्छ,’ केन्द्रीय सदस्य साउदले भने, ‘काममा जानुपर्ने सरकार, जनतालाई राहत दिनुपर्ने सरकार कहिले शिक्षकलाई, कहिले कर्मचारीलाई जवाफ दिने काममा मात्रै गयो भने आफ्नो प्राथमिक दायित्व निर्वाह गर्न सक्दैन ।’

संसद् भित्र र बाहिर आफूहरू सरकारको बचाउमा लागिरहेको भन्दै उनले वस्तुस्थितिलाई पार्टीभित्र पनि छलफलको विषय वस्तु बनाउनुपर्छ भन्ने मान्यता राखेरमात्रै सरकारका कमीकमजोरी बारे बोल्ने गरेको बताए ।  

‘सरकारलाई संसद्‌भित्र डिफेन्ड गरिराखेका छौँ । बाहिर पनि सरकारलाई डिफेन्ड गरिराखेका छौँ । तर, भएको वस्तुस्थितिलाई पार्टीभित्र पनि छलफलको विषय बनाउनुपर्छ भन्ने आधारमा दुई शब्द मैले यहाँ भनेको हुँ,’ साउदले भने ।

प्रकाशित मिति : २० बैशाख २०८२, शनिबार  ५ : १५ बजे

नौ मन्त्रालयका विनियोजन शीर्षकमाथिको छलफल पूरा

काठमाडौं– प्रतिनिधिसभामा विनियोजन विधेयक, २०८३ अन्तर्गत विभिन्न नौ वटा मन्त्रालयको

चीन-म्यान्मा सम्बन्धमा नयाँ कूटनीतिक पहल

एजेन्सी– व्यापार तथा रणनीतिक सम्बन्धलाई प्रवर्द्धन गर्ने उद्देश्यसहित म्यान्माका राष्ट्रपति

कार्यदलको सुझावअनुसार पार्टी पुनर्गठन हुन्छ : महासचिव पोखरेल

काठमाडौं– नेपाल कम्युनिष्ट पार्टी (एमाले) का महासचिव शङ्कर पोखरेलले पार्टी

रास्वपा महाधिवेशन : सात हजार बढी कुर्सी अट्ने बाँसको ‘डोम’ बनाइँदै

चितवन– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को प्रथम राष्ट्रिय महाधिवेशन तयारीका