नीति तथा कार्यक्रम एमालेमय भयो : जीवन परियार « Khabarhub

नीति तथा कार्यक्रम एमालेमय भयो : जीवन परियार


२० बैशाख २०८२, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


450
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– सत्ता साझेदार नेपाली कांग्रेसका सहमहामन्त्री जीवन परियारले गठबन्धन सरकारको नीति तथा कार्यक्रम नेकपा एमालेमय भएको टिप्पणी गरेका छन् । 

नयाँ बानेश्वरस्थित संघीय संसद् भवनको ल्होत्से हलमा जारी दलको बैठकमा उनले सरकारको नीति तथा कार्यक्रम एमालेमय भएको टिप्पणी गरेका हुन् । 

कांग्रेस–एमाले गठबन्धनको सरकार भए पनि नीति तथा कार्यक्रममा एमालेको नारा बोकेर कांग्रेसले अघि सारेका परियोजना छाडेको भन्दै आपत्ति जनाए ।
 
‘समृद्ध नेपाल, सुखी नेपाली भन्ने नेकपा एमालेको नारा बोकियो, नीति तथा कार्यक्रममा बोलियो,’ सहमहामन्त्री परियारको भनाइ उद्धृत गर्दै बैठकमा सहभागी एक सांसदले खबरहबसँग भने, ‘कांग्रेसले प्रस्ताव गरेका, अघि सारेका परियोजना छाडिएको छ । नीति तथा कार्यक्रम एमालेको भयो ।’

सहमहामन्त्री परियारले एमालेका तर्फबाट सरकारमा सहभागी भएका मन्त्रीहरूले कांग्रेसलाई वेवास्ता गरेको पनि आरोप लगाए ।

‘राजनीतिक नियुक्तिमा पार्टीलाई धेरै अप्ठेरो पारेको छ । सरकारका सबै मन्त्रीहरू राखेर बैठक राख्नु पर्छ,’ परियारको भनाइ उद्धृत गर्दै ती सांसदले भने, ‘नेकपा एमालेका मन्त्रीहरूसँग समन्वय छैन । उहाँहरूले कांग्रेसलाई कम्पिलिट्ली इग्नोर गर्नु भएको छ ।’

प्रकाशित मिति : २० बैशाख २०८२, शनिबार  ५ : ३४ बजे

सुनका गरगहना चोरीमा संलग्न पाँचजना पक्राउ

काठमाडौं । भक्तपुरको मध्यपुरथिमि नगरपालिका–१, लोकन्थलीस्थित एउटा घरबाट सुनका गरगहना,

प्रधानाध्यापकमाथि हातपात गर्ने २ जना पक्राउ

काठमाडौं । काठमाडौंको बूढानीलकण्ठ नगरपालिका–१०, कपनस्थित बाल उद्धार माध्यमिक विद्यालयका

पोखरा स्कुल बस दुर्घटनाका घाइतेलाई एयर एम्बुलेन्सबाट काठमाडौं लगियो

पोखरा । कास्कीको पोखरा महानगरपालिका–२८ ओख्लेमा स्कुल बस दुर्घटनामा घाइते अश्मि

बूढीगण्डकी बाढी : आरुघाटमा बेलीब्रिज जडानको तयारीमा खटियो सेनाको टोली

काठमाडौं । बूढीगण्डकी बाढीले आरुघाट–धादिङ जोड्ने मोटरेबल पुलमा बगाएपछि सो

उपचार र राहतमा सहमतिपछि स्कुल बस दुर्घटनाका मृतकको अन्त्येष्टि

कास्की – पोखरा महानगरपालिका–२८ कालिकास्थित ओख्लेको भिरमा शुक्रबार बिहान स्कुल