अस्ट्रेलियाको चुनावमा सत्तारुढ लेबर पार्टी विजयी « Khabarhub

अस्ट्रेलियाको चुनावमा सत्तारुढ लेबर पार्टी विजयी


२० बैशाख २०८२, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


132
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– अस्ट्रेलियामा आयोजित संसदीय निर्वाचनमा सत्तारुढ लेबर पार्टी विजयी भएको छ । शनिबार आयोजित निर्वाचनमा लेबर पार्टीले स्पष्ट बहुमत प्राप्त गरेको अस्ट्रेलियाको प्रसारक संस्था एबीसीले उल्लेख गरेको छ ।

एबीसीका अनुसार लेबर पार्टीले ८५ सिट जित्ने अपेक्षा गरिएको छ । यस निर्वाचनमा विपक्षी नेशनल र लिबरल पार्टीको गठबन्धनले पराजय भोगेको छ ।

गठबन्धनका नेता पिटर डुटन आफैँ पराजित भएका छन् । ब्रिस्बेनको सिटमा उनलाई लेबर पार्टीकी एली फ्रान्सले पराजित गरेकी हुन् ।

डुटनले निर्वाचनमा भोगेको पराजय स्वीकार गर्दै प्रधानमन्त्री एन्थोनी अल्बानिजलाई बधाइ दिएका छन् ।

प्रकाशित मिति : २० बैशाख २०८२, शनिबार  ५ : ५३ बजे

आजका समाचार : भित्र्याइयो फूलपाती, गगनले ग्रहण गरे पदभार, साइबर ब्युरोबाट श्रेष्ठ छुटे र क्यानडासँग नेपाल पराजित

हनुमानढोकाको दसैँघरमा भित्र्याइयो फूलपाती प्रत्येक वर्ष दुर्गा पक्षअन्तर्गत आश्विन शुक्ल

बङ्गलादेशको रिसोर्टमा भीषण आगलागी, छ जनाको मृत्यु

ढाका- बङ्गलादेशको दक्षिणपूर्वी क्षेत्रमा पर्ने कक्स बजार जिल्लास्थित एक रिसोर्टमा

साइबर ब्युरोबाट रिहा भएपछि किशोर श्रेष्ठले भने- प्रेस स्वतन्त्रता जिन्दावाद !

काठमाडौं- साइबर ब्युरोबाट छुटेका जनआस्था साप्ताहिकका प्रधानसम्पादक किशोर श्रेष्ठले आज

लिग २ मा नेपाल क्यानडासँग २४ रनले पराजित

काठमाडौं- आईसीसी पुरुष क्रिकेट विश्वकप लिग–२ प्रतियोगिताको शनिबार सम्पन्न खेलमा

नागरिकले विश्वास गर्ने राजनीति पार्टी बनाउँछु : सभापति थापा

ललितपुर- नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले पार्टीलाई नागरिकको विश्वासको केन्द्रको