अस्ट्रेलियाको चुनावमा सत्तारुढ लेबर पार्टी विजयी « Khabarhub

अस्ट्रेलियाको चुनावमा सत्तारुढ लेबर पार्टी विजयी


२० बैशाख २०८२, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


132
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– अस्ट्रेलियामा आयोजित संसदीय निर्वाचनमा सत्तारुढ लेबर पार्टी विजयी भएको छ । शनिबार आयोजित निर्वाचनमा लेबर पार्टीले स्पष्ट बहुमत प्राप्त गरेको अस्ट्रेलियाको प्रसारक संस्था एबीसीले उल्लेख गरेको छ ।

एबीसीका अनुसार लेबर पार्टीले ८५ सिट जित्ने अपेक्षा गरिएको छ । यस निर्वाचनमा विपक्षी नेशनल र लिबरल पार्टीको गठबन्धनले पराजय भोगेको छ ।

गठबन्धनका नेता पिटर डुटन आफैँ पराजित भएका छन् । ब्रिस्बेनको सिटमा उनलाई लेबर पार्टीकी एली फ्रान्सले पराजित गरेकी हुन् ।

डुटनले निर्वाचनमा भोगेको पराजय स्वीकार गर्दै प्रधानमन्त्री एन्थोनी अल्बानिजलाई बधाइ दिएका छन् ।

प्रकाशित मिति : २० बैशाख २०८२, शनिबार  ५ : ५३ बजे

जुम्लामा पाँच महिनामा पुँजीगत खर्च न्यून

जुम्ला– जुम्लामा कर्णाली प्रदेश सरकार मातहतभित्र पर्ने कार्यालयको चालु आर्थिक

रामेछापमा निर्वाचन प्रहरीको पर्याप्त आवेदन नपरेपछि पुनः माग

रामेछाप– आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि

बाँकेका दुर्गम स्थानमा कुष्ठरोगीको पहिचान खुल्दै

नेपालगञ्ज– बाँकेका दुर्गम स्थानमा कुष्ठरोगीको पहिचान खुल्दै जान थालेको छ

नागरिक आवास कार्यक्रम रकम कटौति भएपछि…

भोजपुर– सङ्घीय सरकारले बजेट नदिएपछि भोजपुरको रामप्रसाद राई गाउँपालिकाले सुरक्षित

उच्च पहाडी तथा हिमाली भूभागमा वर्षा र हिमपातको सम्भावना

काठमाडौं– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल