अबको यात्रा आर्थिक क्रान्ति र सामाजिक रूपान्तरण : महासचिव गुरुङ « Khabarhub

अबको यात्रा आर्थिक क्रान्ति र सामाजिक रूपान्तरण : महासचिव गुरुङ


२० बैशाख २०८२, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


75
Shares
  • change font
  • change font
  • change font

तम्घास– नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का महासचिव देव गुरुङले देशमा अब आर्थिक क्रान्ति र सामाजिक रूपान्तरण जरूरी रहेको बताएका छन्। 

गुल्मीको मालिका गाउँपालिकामा आयोजित पार्टीको सम्मेलन आज उनले मुलुकमा राजनीतिक परिवर्तन पर्याप्त भएको र अब आर्थिक रूपान्तरण हुनुपर्नेमा जोड दिए।

 ‘देशमा राजनीतिक परिवर्तन भएको छ, अब नागरिकको आर्थिक जीवनस्तर उकास्नुपर्छ । यसलाई जोड दिएर अगाडि बढौँ’, महासचिव गुरुङले भने ।

उनले अब नागरिकको शिक्षा, स्वास्थ्य, रोजगारलगायत आधारभूत आवश्यकता पूरा गर्दै समाजवादी क्रान्तिको यात्रामा अगाडि बढ्नुपर्ने समय आएको बताए।

 समाजवादी व्यवस्था निर्माण नहुँदासम्म संविधान निर्माणका बाँकी कार्यभार पूरा नहुने र  त्यसका लागि अबको यात्रा आर्थिक क्रान्ति हुनुपर्ने महासचिव गुरुङको भनाइ थियो । 
 

प्रकाशित मिति : २० बैशाख २०८२, शनिबार  ६ : ५० बजे

राष्ट्रपतिसमक्ष वित्त आयोगको वार्षिक प्रतिवेदन प्रस्तुत

काठमाडौं– राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगको

प्रधानमन्त्री शाहले कार्यवाहक राजदूत मेगनलाई भने : नेपालले अमेरिकी लगानीलाई सधैँ स्वागत गर्छ

काठमाडौं- प्रधानमन्त्री वालेन्द्र शाहसँग नेपालका लागि अमेरिकी कार्यवाहक राजदूत मेगन

अमेरिकाले इजरायललाई २ अर्ब ८० करोड डलरको हतियार बिक्री गर्ने

वासिङ्टन- अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प प्रशासनले इजरायललाई करिब २ अर्ब ८० करोड

मिसाइल हानेर साउदीको लडाकु विमान खसालेको हुथीको दाबी

साना- यमनका हुथी विद्रोहीहरूले साउदी अरेबियाको एफ–१५ लडाकु विमान खसालेको

स्तन क्यान्सर सचेतनाका लागि ‘पिंकवाक २०२६’ आयोजना हुँदै

काठमाडौं– स्तन क्यान्सरसम्बन्धी जनचेतना जगाउने उद्देश्यले ‘पिंकवाक २०२६’ आयोजना हुने भएको