शेफर्डको विस्फोटक ब्याटिङमा बेंगलुरुले चेन्नईलाई दियो २१४ रनको लक्ष्य « Khabarhub

शेफर्डको विस्फोटक ब्याटिङमा बेंगलुरुले चेन्नईलाई दियो २१४ रनको लक्ष्य


२० बैशाख २०८२, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


471
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – रोमारियो शेफर्डले १४ बलमा ५३ रन बनाएपछि रोयल च्यालेन्जर्स बेंगलुरुले यो सिजन खराब लयबाट गुज्रिरहेको चेन्नई सुपर किङ्सलाई २१४ रनको लक्ष्य दिएको छ। शेफर्डले यो सिजनको सबैभन्दा छिटो अर्धशतक बनाए । उता बेंगलुरुका लागि विराट कोहली र ज्याकब बेथेलले पनि अर्धशतक प्रहार गरे ।

एम चिन्नास्वामी रंगशालामा चेन्नईले टस जितेर बलिङ रोजेपछि रोयल च्यालेन्जर्स बेंगलुरुले आईपीएल २०२५ को ५२औँ खेलमा चेन्नईलाई २१४ रनको लक्ष्य दिएको हो ।

बेंगलुरुले २० ओभरमा ५ विकेट गुमाउँदै २१३ रन बनायो। रोमारियो शेफर्डले १४ बलमा अविजित ५३ रनको विस्फोटक पारी खेले। उनले यो सिजनको सबैभन्दा छिटो अर्धशतक बनाएका छन्। शेफर्डको पारीमा ६ छक्का र ४ चौका समावेश थिए।

उनीबाहेक, विराट कोहलीले ३३ बलमा ६२ रन र ज्याकब बेथेलले ३३ बलमा ५५ रन बनाए । चेन्नईका लागि मथिशा पथिरानाले ३ विकेट लिए । स्याम करन र नूर अहमदले समान एक(एक विकेट हात पारे।

यससँगै कोहली (५०५ रन) यस सिजनका शीर्ष स्कोरर बनेका छन्। उनले साई सुदर्शन (५०४ रन)लाई पछि पारेका छन्। उनी टी–२० क्रिकेटमा एउटै टिमबाट सबैभन्दा बढी छक्का प्रहार गर्ने ब्याट्सम्यान बनेका छन्।

पहिले ब्याटिङमा उत्रिएको आरसीबीको सुरुवात शानदार रह्यो। विराट कोहली र बेथेल दुबैले आक्रामक ब्याटिङ गरे। हरेक बलरमाथि कोहली र बेथेलले आक्रमण नै जारी राख्दै टीमको स्कोर सय कटाएका थिए ।

प्रकाशित मिति : २० बैशाख २०८२, शनिबार  ९ : ५३ बजे

कालोपत्र गरेको एक महिनामै सडक भत्किन थालेपछि…

म्याग्दी – बेनी नगरपालिकाको रत्नेचौर–भकुण्डे सडक कालोपत्र गरेको एक महिनामै

विद्यार्थीहरुको हृदयरोगसम्बन्धी निःशुल्क परीक्षण सुरु

भक्तपुर – भक्तपुर नगरपालिकाको आयोजना तथा चीनको युनानस्थित फुवाई युनान

ट्रायल सेन्टरमा विचौलियाको काम गर्ने १४ जना पक्राउ

काठमाडौं – प्रहरीले यातायात कार्यालय काठमाडौँ, गुर्जुधारा, राधेराधे भक्तपुर तथा

कञ्चनपुरमा शीतलहरले जनजीवन प्रभावित

कञ्चनपुर – कञ्चनपुरसहित पश्चिम तराईमा केही दिनदेखि चलेको बाक्लो हुस्सु

पाटेबाघ बढेसँगै थपियो संरक्षण चुनौती, पीडादायिक बन्दै मानव–बाघ द्वन्द्व

बर्दिया – बर्दिया राष्ट्रिय निकुञ्जमा आजदेखि पाँचौँ पटक बाघ गणना