हुन सकेन रुस र युक्रेनको युद्ध विराम « Khabarhub

हुन सकेन रुस र युक्रेनको युद्ध विराम

रुसले गर्यो निःसर्त शान्ति प्रस्तावलाई अस्वीकार


२० जेठ २०८२, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


165
Shares
  • change font
  • change font
  • change font

इस्तानबुल – रुस र युक्रेनको बीचमा इस्तानबुलमा सोमबार भएको शान्ति वार्ता असफल भएको छ। युक्रेनी अधिकारीका अनुसार रुसले निःसर्त शान्ति प्रस्तावलाई अस्वीकार गरेको हो। यसका बाबजुद दुवै देश सेनाका १२ हजार शव हस्तान्तरण गर्न राजी भएका छन्।

रुसले भने आफूले दुई तनि दिनका लागि फ्रन्ट लाइनमा युद्ध विरामको प्रस्ताव राखेको बताएको छ। सोमबार इस्तानबुलमा एक घण्टा भन्दा बढी समय लगाएर सकिएको वार्तामा युद्धको क्रममा धेरै बिरामी भएका बन्दी रिहा गर्न सहमति भएको हो। वार्ताको सुरुवातमा दुवै देश युद्ध अन्त्यका लागि तयार हुने अपेक्षा गरिएको थियो।

सन् २०२२ को फेब्रुअरीमा रुसले युक्रेनमा आक्रमण गरेयता अहिलेसम्म २० प्रतिशत भू-भाग लिइसकेको जनाइएको छ। यसमा सन् २०१४ देखि नियन्त्रणमा राखेको क्रिमिया समेत छ।

वार्तापछि युक्रेनी प्रतिनिधि मण्डलको नेतृत्व गरेका रक्षामन्त्री रुस्तेम उमरेभोले कम्तीमा ३० दिनका लागि निःसर्त युद्ध विरामको प्रस्ताव राखेको बताए। यसले अहिलेको जस्तो मान्छे मर्नेक्रम रोकिने उनले बताए। दुवै देशले राखेको प्रस्तावका बारे पुरै विवरण बाहिर आएको छैन। वार्तामा रुसले आफूले कब्जा गरेको स्थानबाट युक्रेनी सेना पूर्ण रूपमा हट्नु पर्ने माग राखेको छ।

प्रकाशित मिति : २० जेठ २०८२, मंगलबार  ७ : २७ बजे

नेपालले निर्यातमा प्रतिस्पर्धी क्षमता बढाउनुपर्छ : मन्त्री साह

काठमाडौँ- उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दीपककुमार साहले युरोपेली युनियन (इयू)-भारत

कांग्रेस महाधिवेशनमा आचारसंहिताविपरीत प्रचारप्रसार (तस्बिरहरु)

काठमाडौं- नेपाली कांग्रेसको १५ औँ महाधिवेशन निर्वाचन समितिले जारी गरेको

‘अनलाइन’बाट बिजुलीको बिल तिर्ने ग्राहकलाई अब विशेष सुविधा

काठमाडौँ–  नेपाल विद्युत् प्राधिकरणले बिजुलीको बिल ‘अनलाइन’बाट तिर्ने ग्राहकलाई थप

हवाई भाडादरबारे भ्रामक सूचनाको पछि नलाग्न एयरलाइन्सको अनुरोध

काठमाडौँ– बडादसैँ तथा तिहारको समयमा हवाई भाडादरलाई लिएर सार्वजनिक आलोचना