अफ्रिकाको विकासमा बिल गेट्सको चासो « Khabarhub

अफ्रिकाको विकासमा बिल गेट्सको चासो


२० जेठ २०८२, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


33
Shares
  • change font
  • change font
  • change font

एजेन्सी- माइक्रोसफ्टका संस्थापक विल गेट्सले अफ्रिकाको स्वास्थ्य र शिक्षा अबको २० वर्षमा सुधार गर्ने लक्ष्यसहित आफूले सहयोग गर्ने बताएका छन्। ६९ वर्षीय उनले मानवताको दृष्टिकोणले अफ्रिकाका हरेक देशका व्यक्तिलाई अहिलेको विकराल अवस्थाबाट बाहिर निकाल्न आवस्यक रहेको बताएका छन्।

अदिस अबाबामा बोल्दै उनले त्यस महादेशका युवा स्वास्थ्यमा सुधार ल्याउनका लागि पनि आर्टिफिसियल इन्टिलिजेन्सका बारे जानकार हुनुपर्ने बताए। अफ्रिकन युनियनको हेडक्वार्टर पुगेका उनले आफ्नो सम्पत्तिको हिस्सा अफ्रिकामा नै खर्च गर्ने बताएका हुन्। त्यसो त उनले यस अघि नै आफ्नो सनम्पत्तिको ९९ प्रतिशत सामाजिक मानवीय काममा खर्च गरेर सक्ने बताइ सकेका छन्।

मोजम्बिककी पूर्व प्रथम महिला गार्सा माचेलले उनको निर्णयको स्वागत गर्दै अहिले अफ्रिका सङ्कटमा भएका कारण गेट्सको घोषणा महत्त्वपूर्ण हुने बताइन्।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले यस अघि नै अमेरिका पहिलो नीति लिँदै अफ्रिकामा गर्ने सहयोग बन्द गर्ने घोषणा गरिसकेका छन्।

गेट्सले अफ्रिकामा आफ्नो फाउन्डेसनले गरेको कामको लामो इतिहास भएको बताएका छन्। गेट्सले अहिले नै रुवान्डामा एआईको प्रयोग गर्दै स्वास्थ्य क्षेत्रमा भएको सुधारको उदाहरण दिएका छन्।

प्रकाशित मिति : २० जेठ २०८२, मंगलबार  ९ : ५८ बजे

नवनियुक्त परराष्ट्रमन्त्री बालानन्द शर्माले गरेँ पद बहाली

काठमाडौं– प्रधानमन्त्री सुशीला कार्कीले मन्त्रिपरिषद् विस्तार गरेकी छन् । प्रधानमन्त्री

नेपाल स्वास्थ्यकर्मी संघको अध्यक्षमा दीपकराज भट्ट निर्वाचित

काठमाडौं– नेपाल स्वास्थ्यकर्मी संघको अध्यक्षमा दीपकराज भट्ट निर्वाचित भएका छन्

चितवनको सौराहामा १९औँ हात्ती तथा पर्यटन महोत्सव सुरु (तस्बिरहरू)

 काठमाडौं– चितवनको प्रमुख पर्यटकीय गन्तव्य सौराहामा आजदेखि १९ औँ संस्करणको

लप्सीको रुखबाट लडेर वैतेश्वरका तामाङको मृत्यु 

दोलखा– लप्सी टिप्ने क्रममा रुखबाट खसेर गम्भीर घाइते भएका दोलखाको

प्रभु बैंकका सीईओ अशोक शेरचन हाजिरी जमानीमा छुटे

काठमाडौं- गत १४ मंसिरमा पक्राउ परेका प्रभु बैंकका सीईओ अशोक शेरचन