संसद् बैठकअघि प्रचण्डले बोलाए विपक्षी दलको बैठक « Khabarhub

संसद् बैठकअघि प्रचण्डले बोलाए विपक्षी दलको बैठक


२० जेठ २०८२, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


201
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– प्रमुख प्रतिपक्षी नेकपा माओवादी केन्द्रले विपक्षी दलहरूको बैठक बोलाएको छ । संसद् बैठकमा आगामी आर्थिक वर्षको बजेटमाथि सुरु हुन गइरहेको छलफल र जारी गतिरोधबारे छलफल गर्न माओवादीले विपक्षी दलहरूको संयुक्त बैठक बोलाएको हो । 

नयाँ बानेश्वरस्थित संघीय संसद् भवनमा रहेको प्रमुख प्रतिपक्षी दलका नेता पुष्कपमल दाहाल ‘प्रचण्ड’को कार्यकक्षमा विपक्षी दलहरूबीच छलफल चलिरहेको छ । विपक्षी दलहरू भिजिट भिसा प्रकरणमा मुछिएका गृहमन्त्री रमेश लेखकले राजीनामा नदिएसम्म संसद् सुचारु हुन नदिने अडान राख्दै आएको छ । 

मंगलबारदेखि सुरु हुने भनिएको बजेट माथिको छलफलमा अवरोध सिर्जन नगरिदिन सत्ता साझेदार नेपाली कांग्रेस र नेकपा एमालेले गरेको आग्रहप्रति विपक्षी दलहरू सकारात्मक देखिएका छैनन् ।

प्रकाशित मिति : २० जेठ २०८२, मंगलबार  ११ : ३९ बजे

युएईमाथि ४४ रनको शानदार जित, नेपाल एसिया कपमा छनोट

काठमाडौं– तेस्रो संस्करणको एससी प्रिमियर कप एकदिवसीय प्रतियोगिताको उपाधि नेपाली

इराकी लडाकुको ड्रोन हमलापछि पूर्व-पश्चिम पाइपलाइन बन्द गरिएको साउदी अरबको घोषणा

काठमाडौं- मध्यपूर्वमा जारी युद्ध थप भड्कँदै जाँदा साउदी अरबले आफ्नो

बुल्दी खोलामा एक करोडमा तटबन्धन निर्माण

दमौली– व्यास नगरपालिका-२ अन्तर्गत बुल्दी खोला आसपासका बस्तीलाई वर्षायाममा हुने

इराक र साउदी अरबका विदेशमन्त्रीबीच टेलिफोन वार्ता, ड्रोन आक्रमणबारे छलफल

एजेन्सी– इराकका विदेशमन्त्री फुआद हुसेन र साउदी अरबका विदेशमन्त्री प्रिन्स फैसल बिन फरहान अल साउदबीच

सिक्टा सिँचाइ : पाँच वर्षभित्र निर्माण सम्पन्न गर्ने तयारी

राँझा–  बाँकेमा निर्माणाधीन राष्ट्रिय गौरवको सिक्टा सिँचाइ आयोजना आगामी पाँच