कांस्य पदक विजेता एरिकालाई विमानस्थलमा स्वागत « Khabarhub

कांस्य पदक विजेता एरिकालाई विमानस्थलमा स्वागत


२० जेठ २०८२, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


57
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– कराते वान प्रिमियर लिगमा ऐतिहासिक कांस्य पदक जितेकी नेपाली कराते खेलाडी एरिका गुरुङलाई काठमाडौंमा भव्य स्वागत गरिएको छ ।  

मोरोक्कोको रावतमा भएको लिगमा सहभागी भएर मंगलबार स्वदेश फर्किएकी कराते खेलाडी एरिकालाई त्रिभुवन विमानस्थलमा राखेप सदस्य सचिव टंकलाल घिसिङ, नेपाल कराते महासंघका अध्यक्ष युवराज लामा लगायतले स्वागत गरेका हुन् । 

बाजागाजासहित एरिकालाई करातेका खेलाडी, समर्थक, आफन्त र शुभचिन्तकले स्वागत गरेका थिए । सो क्रममा नेपाली कराते खेलाडी एरिकाले अहिले कांस्य पदक जिते पनि स्वर्ण पदक जित्ने लक्ष्यका साथ अघि बढ्ने बताइन् ।  

कराते वान प्रिमियर लिगको महिला ६८ केजीमाथि तौल समूहमा नेपालको प्रतिनिधित्व गर्दै ऐरिकाले फ्रान्सेली खेलाडी क्लेमेन्स पिएलाई ६–२ ले पराजित गरेकी थिइन् ।

एरिका विश्वकै शीर्ष ३२ खेलाडी मात्र खेल्ने लिगमा पदक जित्ने पहिलो नेपाली खेलाडी बन्न सफल भएकी छन्  ।  

प्रकाशित मिति : २० जेठ २०८२, मंगलबार  ११ : ५५ बजे

एन्फाका कोषाध्यक्ष र लेखा प्रमुख पक्राउ

काठमाडौं – नेपाल प्रहरीले खेलमा मिलेमतो, अनियमितता र ठगी गरेको

परराष्ट्रमन्त्री खनाल संयुक्त राष्ट्रसङ्घको महासभामा सहभागी हुन अमेरिका प्रस्थान

काठमाडौं – परराष्ट्रमन्त्री शिशिर खनालको नेतृत्वमा एक टोली संयुक्त राष्ट्रसङ्घ

लागुऔषधसहित विभिन्न स्थानबाट २६ जना पक्राउ

काठमाडौं – प्रहरीले मुलुकका विभिन्न स्थानबाट अवैध लागुऔषधसहित २६ जनालाई

पाँचथरका ६० वटै वडामा कांग्रेसको सर्वसम्मत नेतृत्व चयन

पाँचथर – नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत पाँचथरका ६० वटै वडामा

कांग्रेसको वडा अधिवेशन : ७३ जिल्लाका ६ हजार १३२ वडामा निर्वाचन सम्पन्न

काठमाडौं – नेपाली कांग्रेसको १५औँ केन्द्रीय महाधिवेशनअन्तर्गत देशभर जारी वडा