पाकिस्तानमा टिकटक स्टारको ह*त्या | Khabarhub Khabarhub

पाकिस्तानमा टिकटक स्टारको ह*त्या


२० जेठ २०८२, मंगलबार  

पढ्न लाग्ने समय : 2 मिनेट


489
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – पाकिस्तानमा टिकटक स्टारको हत्या भएको पछिल्लो घटना सार्वजनिक भएको छ । पाकिस्तानको राजधानी इस्लामाबादकी १७ वर्षीय टिकटक स्टार सना युसुफको गोली हानी हत्या भएको घटना स्थानीय प्रशासनमा दर्ता गरिएको छ ।

घटनाअनुसार सोमबार साँझ एक अज्ञात व्यक्तिले घरभित्र पसेर सनामाथि गोली प्रहार गरेको थियो । इस्लामाबादस्थित संबल प्रहरी थाना दर्ता भएको जाहेरीमा सनाकी आमाले आफ्नी छोरीमाथि दुई गोली प्रहार भएको उल्लेख गरेकी छन् ।
‘अज्ञात व्यक्ति सिँढीबाट तल भाग्यो, हामीले हारगुहार गर्न थालेपछि छिमेकी भेला भए । छिमेकीको गाडीमा छोरीलाई बसाएर अस्पताल लग्यौं तर मेरी छोरीले त्यस अघि नै संसार छोडिसेककी थिई ।’ सनाकी आमाले दर्ता गराएको जाहेरीमा उल्लेख छ । उनले जाहेरीमा श्रीमान् घरमा नभएको, उनी, उनका देवर र छोरी सना मात्र घरमा भएको उल्लेख गरेकी छन् ।

बिबिसीले अनुसार घटनाको अवस्था बुझ्न सनाको परिवारसँग सम्पर्क गरे पनि प्रतिक्रिया प्राप्त नभएको जनाएको छ ।

टिकटक स्टारको हत्या पहिलो होइन

स्थानीय प्रहरीलाई उद्धृत गर्दै बिबिसीले टिकटक स्टारको हत्याको घटना पहिलो नभएको उल्लेख गरको छ ।

गत वर्ष पाकिस्तानको पञ्जाबमा टिकटक स्टार इकरा आजमलाई उनकै आफन्तले हत्या गरेको घटना बाहिरिएको थियो ।

सना हत्या प्रकरणको अनुसन्धान गरेका प्रहरीका सई मनसबदारलाई उद्धृत गर्दै बिबिसीले मृतकको शव पाकिस्तानस्थित इन्स्टिच्युट अफ मेडिकल साइंसेज (पीआईएमएस) मा पोस्टमर्टम गरेपछि आफन्तलाई बुझाइएको छ ।

सना युसुफको हत्या अनुसन्धान गरिरहेका सई मनसबदाका अनुसार प्रहरीले घटनास्थलमा लगाइएको सीसीटिभी क्यामेराको फुटेज हात पारेको छ ।

शङ्कास्पद व्यक्ति घर प्रवेश गर्‍यो र सिधै सनाको कोठामा गयो

प्रहरी अधिकारीका अनुसार घटनामा देखिएका अभियुक्तका बारेमा निकै प्रमाणहरू प्राप्त भएको छ । अभियुक्तलाई चाँडै नै पक्राउ गर्ने प्रहरीको भनाइ छ ।

प्रहरीका अनुसार सनाको हत्या गर्नुभन्दा अघि अभियुक्तले उनको कोठा र घरको खानतलासी गरेको थियो । जब कोठामा सनाका आमाबुवा नभएको देखेपछि पेस्तोल निकालेर दुई गोली चलाएको थियो ।

घटनाका अनुसन्धान गरिरहेका एक अधिकारीले भने, ‘संदिग्ध व्यक्ति घरमा पस्यो, सिधै सनाको कोठामा गयो र उनी बाहिर निस्कने बित्तिकै गोली चलाउन सुरु गर्‍यो ।’

प्रहरीका अधिकारीका अनुसार गोली लागेर घाइते भएकी सना ढल्ने बित्तिकै संदिग्ध व्यक्ति घटनास्थलबाट भागेको थियो ।
सना युसुफ खैबर पख्तुनख्वा प्रान्तस्थित चित्राल जिल्लाकी थिइन् । उनको परिवार केही समयदेखि इस्लामावादमा बस्दै आएका थिए ।

१७ वर्षीया उनको टिकटक एकाउन्टमा झण्डै साढे ८ लाख बढी फलोअर्स थिए । हिजैमात्र सनाले जन्मदिनको भिडियो उनको इंस्टाग्राम एकाउन्टमा शेयर गरिएको थियो । जसमा उनी आफ्ना साथीहरूसँग जन्मदिन मनाउँदै गरेको देखिएकी थिइन् ।

प्रकाशित मिति : २० जेठ २०८२, मंगलबार  २ : १६ बजे

साफ यु–१७ च्याम्पियनसिप : नेपालको विजयी सुरुवात

काठमाडौं – नेपालले साफ यु–१७ च्याम्पियनसिपमा विजयी सुरुवात गरेको छ।

‘हामी नेपाल’ले भन्योः कुनै राजनीतिक दलसँग संलग्न छैनौं

काठमाडौं – मानवसेवामा समर्पित संस्था ‘हामी नेपाल’ ले हालै सम्पन्न

आपूर्ति मन्त्रालयले भन्यो : उपभोग्य वस्तुको आपूर्ति सहज छ, अनावश्यक सञ्चित नगर्नू

काठमाडौं – उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले दैनिक अत्यावश्यक उपभोग्य

प्रधानमन्त्री नपाएपछि खानेपानी र श्रम मन्त्री अस्वीकार गरेको हर्कको दाबी

काठमाडौं – जेनजी आन्दोलनपछि बनेको नयाँ सरकारले धरान उपमहानगरपालिकाका मेयर

लुटिएका सामग्री फिर्ता गर्न गण्डकी प्रदेशसभा सचिवालयको आग्रह

गण्डकी – ‘जेनजी’ आन्दोलनका क्रममा गण्डकी प्रदेशसभा सचिवालय, सभामुख तथा