प्रतिपक्षीलाई महेश बर्तौलाको आग्रह– संसदमा गृहमन्त्रीलाई जवाफ दिने वातावरण बनाउनुस् « Khabarhub

प्रतिपक्षीलाई महेश बर्तौलाको आग्रह– संसदमा गृहमन्त्रीलाई जवाफ दिने वातावरण बनाउनुस्


२० जेठ २०८२, मंगलबार  

पढ्न लाग्ने समय : 2 मिनेट


312
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– भिजिट भिसा प्रकरणमा विवादित गृहमन्त्री रमेश लेखकलाई संसदमा जवाफ दिने वातावरण तयार गर्न नेकपा एमालेका मुख्य सचेतक महेश बर्तौलाले आग्रह गरेका छन् ।

गृहमन्त्रीले सदनमा जवाफ दिएपछि मात्रै मुद्दाका विषयमा दोस्रो चरणमा छलफल हुने बताए ।

मंगलबारबाट संघीय संसद्का दुवै सदनको संयुक्त बैठक बस्ने भनिएको थियो । तर, विपक्षी दलहरू सहमतिमा नआएपछि बैठक बस्दै नबसी स्थगित भएको छ ।

बैठक स्थगित भएपछि सदनबाहिर बोल्दै मुख्य सचेतक बर्तौलाले गृहमन्त्रीले सदनमा जवाफ दिने विषय प्रतिपक्षले स्वीकार्न तयार नभएको बताए ।

‘गृहमन्त्रीका बारेमा उठाइएको प्रश्नको जवाफ उहाँले दिँदा त अपोजिसन खुशी पनि हुन सक्नुहुन्छ, उहाँहरू जवाफबाट सन्तुष्ट पनि हुन सक्नुहुन्छ । त्यो चरणलाई उहाँहरू स्वीकार गर्न तयार हुनुभएन,’ बर्तौलाले भने, ‘कोही मन्त्रीमाथि प्रश्न उठेपछि निज व्यक्तिले संसद्मा आएर जवाफ दिने कुरालाई अस्वीकार नगरौँ ।’

‘राजीनामा सेकेन्डरी कुरा हो’

बर्तौलाले गृहमन्त्रीको राजीनामा दोस्रो चरणको विषय भएको बताएका छन् । पहिलो चरणमा गृहमन्त्रीले सदनमा जवाफ दिनुपर्ने बताएका छन् ।

‘माननीय गृहमन्त्रीका बारेमा उहाँहरूले प्रश्न उठाउनुभयो । राजीनामा पनि माग्नुभयो । छानबिन समिति लगायतको विषय पनि उठाइरहनुभएको छ । यी सबै कुरा दोस्रो भयो,’ बर्तौलाले भने, ‘सदनमा उभिएर जवाफ दिन पाउने उहाँको स्वाभाविक अधिकार हो । त्यो हक पनि हो । यो संसदीय अभ्यास पनि हो । हाम्रो प्रचलन पनि हो ।’

मुख्य सचेतक बर्तौलाले प्रतिपक्षीलाई गृहमन्त्रीमाथि उठेको प्रश्नको जवाफ दिने वातावरण तयार गर्न लगातार आग्रह गरेको बताए ।

‘पहिलो कुरा उहाँहरूको राजीनामा हो, यदि राजीनामाको कुरा होइन भने अर्को विषय उहाँहरूले छानबिन समिति पहिला बनाउनुप¥यो भन्नुभयो,’ बर्तौलाले भने, ‘त्यसकारण आज पनि हामीले उहाँहरूलाई लगातार आग्रह के ग¥यौँ भने, गृहमन्त्रीजी माथि प्रश्न उठ्यो, उहाँ जवाफ दिन तयार हुनुहुन्छ, पार्लियामेन्टमा आउनुभएको छ, जवाफ दिने वातावरण बनाउनुस् ।’

‘गलत नजिर नबसोस्’

एमाले मुख्य सचेतक बर्तौलाले कोही मन्त्रीमाथि प्रश्न उठेपछि निज व्यक्तिले संसद्मा आएर जवाफ दिने कुरालाई अस्वीकार गलत नजिर बसाउन नहुने बताए ।

‘भोलिका दिनमा पनि गलत नजिर नबसोस् । यो पथमा जानलाई उहाँहरू तयार हुनुहुन्न । तपाईंहरू थप छलफल पनि गर्नुस् भनेर उहाँहरूलाई भन्यौँ । समझदारीबमोजिम नै भोलि १ बजेसम्मका लागि आज हाउस स्थगित गरेका छौँ ।’

प्रकाशित मिति : २० जेठ २०८२, मंगलबार  ३ : ३७ बजे

मकवानपुरमा आगलागी हुँदा करिब तीन लाखको क्षति, महिला घाइते

बागमती- मकवानपुरको भीमफेदी गाउँपालिका–७, कोगटेमा मंगलबार आगलागी हुँदा करिब तीन

राष्ट्रियसभा चुनावका लागि ७ जना निर्वाचन अधिकृत नियुक्त

काठमाडौँ- निर्वाचन आयोगले आगामी माघ ११ गते हुने राष्ट्रियसभा सदस्य

नेकपा पाँचथरले मिक्सोलाई अगाडि बढाउने

काठमाडौं- पाँचथरको एकमात्रै प्रतिनिधिसभा निर्वाचन क्षेत्रमा नेपाल कम्युनिस्ट पार्टी (नेकपा)बाट

काभ्रेको रोडाढुंगा उद्योगमा पहिरो जाँदा एकजनाको मृत्यु

काठमाडौँ– काभ्रेपलाञ्चोकको पनौती नगरपालिका–१२ मा सञ्चालनमा रहेको रोशी रोडाढुंगा उद्योगमा

सुनचाँदी पसले नै सुन चोरीमा संलग्न

काठमाडौँ- सुनचाँदी चोरीमा संलग्न एकजना सुनचाँदी व्यवसायीलाई नेपाल प्रहरीले पक्राउ