राष्ट्रियसभाबाट शोक प्रस्ताव पारित « Khabarhub

राष्ट्रियसभाबाट शोक प्रस्ताव पारित


२० जेठ २०८२, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


141
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– संविधानसभा सदस्य एवं पूर्वप्रतिनिधिसभा सदस्य गणेशबहादुर खड्काको निधनमा राष्ट्रियसभाले शोक प्रस्ताव पारित गरेको छ ।

सभाको आजको बैठकमा स्व खडकाप्रति भावपूर्ण श्रद्धाञ्जली व्यक्त गर्दै शोक प्रस्ताव पारित गरिएको हो । राष्ट्रियसभा सदस्यले शोक प्रकट गर्दै एक मिनेट मौनधारणा गरेका थिए । 

विक्रम संवत् १९९९ साल साउन १९ मा जन्मनु भएका संविधानसभा सदस्य एवं पूर्वप्रतिनिधिसभा सदस्य खड्काको ८२ वर्षको उमेरमा यही जेठ १५ गते निधन भएको थियो । 

स्वर्गीय खड्का नेपाली कांग्रेसबाट २०४८ र ०५१ सालको आम निर्वाचनमा प्रतिनिधिसभा सदस्य पदमा र ०६४ सालमा संविधानसभा सदस्य पदमा निर्वाचित  भएका थिए । यसैगरी, २०५२ सालमा भौतिक योजना तथा निर्माण एवं यातायात सहायकमन्त्री र ०६४ सालमास्थानीय विकास राज्यमन्त्रीसमेत भएका थिए । 

सभाको अर्को बैठक यही जेठ २१ गते बुधबार अपराह्न १ः१५ बजे बस्नेछ ।

प्रकाशित मिति : २० जेठ २०८२, मंगलबार  ४ : २४ बजे

मन्त्रिपरिषद बैठकः नागरिकता नियमावली संशोधनदेखि इराक जानेलाई श्रम स्वीकृतिसम्म

काठमाडौं- सरकारले ‘नेपाल नागरिकता चौथो संशोधन नियमावली २०८२’ स्वीकृत गर्ने

पशुपतिनाथमा रातभर धनुर्मास पूजा

काठमाडौं- प्रत्येक वर्ष सूर्यनारायण धनु राशिमा रहेका बेला शुभ साइत

धुलिखेलमा जिल्लास्तरीय भेट्रान–पुरुष भलिबल प्रतियोगिता सुरु

काभ्रेपलाञ्चोक- न्यू गौखुरेश्वर युवा क्लब धुलिखेलको आयोजनामा गौखुरेश्वर कप काभ्रेपलाञ्चोक

पर्यटन प्रवर्द्धनसँगै प्राणी संरक्षण गर्नुपर्छ : मुख्यमन्त्री बानिया

नारायणगढ– बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाले पर्यटन प्रवर्द्धनसँगै प्राणी संरक्षण

चिसो बढेपछि बाँकेमा दाउरा वितरण

नेपालगन्ज– चिसो बढ्दै गएपछि आगो ताप्नका लागि बाँकेका स्थानीय तहले