राष्ट्रियसभाबाट शोक प्रस्ताव पारित « Khabarhub

राष्ट्रियसभाबाट शोक प्रस्ताव पारित


२० जेठ २०८२, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


141
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– संविधानसभा सदस्य एवं पूर्वप्रतिनिधिसभा सदस्य गणेशबहादुर खड्काको निधनमा राष्ट्रियसभाले शोक प्रस्ताव पारित गरेको छ ।

सभाको आजको बैठकमा स्व खडकाप्रति भावपूर्ण श्रद्धाञ्जली व्यक्त गर्दै शोक प्रस्ताव पारित गरिएको हो । राष्ट्रियसभा सदस्यले शोक प्रकट गर्दै एक मिनेट मौनधारणा गरेका थिए । 

विक्रम संवत् १९९९ साल साउन १९ मा जन्मनु भएका संविधानसभा सदस्य एवं पूर्वप्रतिनिधिसभा सदस्य खड्काको ८२ वर्षको उमेरमा यही जेठ १५ गते निधन भएको थियो । 

स्वर्गीय खड्का नेपाली कांग्रेसबाट २०४८ र ०५१ सालको आम निर्वाचनमा प्रतिनिधिसभा सदस्य पदमा र ०६४ सालमा संविधानसभा सदस्य पदमा निर्वाचित  भएका थिए । यसैगरी, २०५२ सालमा भौतिक योजना तथा निर्माण एवं यातायात सहायकमन्त्री र ०६४ सालमास्थानीय विकास राज्यमन्त्रीसमेत भएका थिए । 

सभाको अर्को बैठक यही जेठ २१ गते बुधबार अपराह्न १ः१५ बजे बस्नेछ ।

प्रकाशित मिति : २० जेठ २०८२, मंगलबार  ४ : २४ बजे

‘अनलाइन’बाट बिजुलीको बिल तिर्ने ग्राहकलाई अब विशेष सुविधा

काठमाडौँ–  नेपाल विद्युत् प्राधिकरणले बिजुलीको बिल ‘अनलाइन’बाट तिर्ने ग्राहकलाई थप

हवाई भाडादरबारे भ्रामक सूचनाको पछि नलाग्न एयरलाइन्सको अनुरोध

काठमाडौँ– बडादसैँ तथा तिहारको समयमा हवाई भाडादरलाई लिएर सार्वजनिक आलोचना

मर्मतपछि राहुघाटबाट फेरि विद्युत् उत्पादन

काठमाडौं–  राहुघाट जलविद्युत् आयोजनाको मर्मतसम्भारपछि पुनः विद्युत् उत्पादन सुरु गरिएको

विपक्षी नेताहरूले अराजकता फैलाएको भाजपाको आरोप

काठमाडौं- भारतमा निर्वाचन आयोगले सञ्चालन गरेको एसआईआरको मुद्दालाई लिएर विपक्षी

अवरुद्ध पैरेबेँसी-शान्तिबजार खण्डमा तुइन सञ्चालन

रसुवा–  गत भदौ १० गतेको भोटेकोशी बाढीका कारण सडक सञ्जाल