कर्मचारीमाथि अनुसन्धान भइरहँदा गृहमन्त्रीको राजीनामा माग्नु उचित हैन : महामन्त्री शर्मा | Khabarhub Khabarhub

कर्मचारीमाथि अनुसन्धान भइरहँदा गृहमन्त्रीको राजीनामा माग्नु उचित हैन : महामन्त्री शर्मा


२० जेठ २०८२, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


534
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले संसदमा प्रतिपक्षीले राखेको विषयमा प्रधानमन्त्री गम्भीर हुनुपर्ने बताएका छन् । 

मंगलबार संसद भवन नयाँ बानेश्वरमा सञ्चारकर्मीसँग कुरा गर्दै महामन्त्री शर्माले सरकारको कमजोरी उठान गर्नु प्रतिपक्षी दलको कर्तव्य भएकाले उनीहरूले राखेको विषयलाई प्रधानमन्त्रीले गम्भीर भएर संवाद गर्नुपर्ने बताएका हुन् ।

भिजिट भिसा प्रकरणमा गहिरोसँग अनुसन्धान हुनुपर्ने र त्यसमा मुछिएका सवैमाथि छानबिन हुनुपर्ने उनले बताए । शर्माले यस सन्दर्भमा अख्तियारले गृहमन्त्रीमाथि अनुसन्धान गरे स्वाभाविक रूपमा पद त्याग गर्नुपर्ने भए पनि अहिले कर्मचारीमाथि मात्रै अनुसन्धान भइरहेको उल्लेख गरे ।

कर्मचारीमाथि अनुसन्धान भइरहँदा उजुरी नै नपरेको गृहमन्त्रीको राजीनामा माग गर्नु उचित नभएको उनको भनाइ छ । उनले अघिल्लो गृहमन्त्रीको प्रकरणलाई गाँसेर सदनमा आवेग प्रकट हुन खाजेको जस्तो देखिएको बताए ।

त्यस्तै कांग्रेस प्रमुख सचेतक श्याम घिमिरेले भिजिट भिसा प्रकरणमा गृहमन्त्रीमाथि कुनै प्रश्न र उजुरी नपरेको अवस्थामा राजीनामा माग गरेर प्रतिपक्षी नै अप्ठेरोमा परेको बताए । 

मंगलबार दलहरुबीचको छलफलमा प्रतिपक्षी दलले राजीनामा भन्दा पनि छानबिन समिति गठन गर्नुपर्नेमा जोड दिएको उनले बताए । 

उनले छानबिन समिति गठन गरे पनि त्यसको प्रतिवेदन अख्तियारलाई नै दिनुपर्ने र अहिले अख्तियारले नै सोही मुद्दामा अनुसन्धान गरिरहेकाले पहिला अख्तियारको अनुसन्धान प्रतिवेदनलाई पर्खनुपर्नेमा आफूहरूको जोड रहेको धारणा राखे ।  

उनले भिजिट भिसा प्रकरणमा छानबिन समिति गठन गर्नुपर्ने माग जायज नरहेको स्पष्ट पारे । 

प्रकाशित मिति : २० जेठ २०८२, मंगलबार  ४ : ४७ बजे

सवारी दुर्घटनामा श्रीमतीको मृत्यु, श्रीमान् घाइते

बागमती – पूर्वपश्चिम राजमार्गअन्तर्गत मकवानपुरको हेटौँडा उपमहानगरपालिका–९ पशुपतिनगरमा आज साँझ

अनलाइन जुवामा १३ करोड भारु स्वाहा !

मुम्बई – मुम्बईका एक व्यक्तिले अनलाइन जुवा छलीमा फसेपछि आफू

अनिल साहको कप्तानीमा भारत भ्रमणमा जाने क्रिकेट टोली घोषणा

काठमाडौं – नेपाल क्रिकेट संघ (क्यान)ले शनिबार भारत भ्रमणका लागि

सुदूरपश्चिममा डेङ्गीबाट दुई सय ८८ जना सङ्क्रमित

सुदूरपश्चिम – सुदूरपश्चिम प्रदेशमा पछिल्लो आठ महिनामा दुईसय ८८ जनामा

लोप हुँदै निगालोबाट बनेका डोकोडालो

हुम्ला – पछिल्लो समय प्लास्टिकजन्य सामग्रीको प्रयोग बढ्दै गएकाले निगालोको