घरेलु महिला श्रमिकको कामलाई राज्यले मान्यता दिनुपर्छ : श्रममन्त्री भण्डारी  « Khabarhub

घरेलु महिला श्रमिकको कामलाई राज्यले मान्यता दिनुपर्छ : श्रममन्त्री भण्डारी 


२० जेठ २०८२, मंगलबार  

पढ्न लाग्ने समय : 2 मिनेट


9
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री शरतसिंह भण्डारीले घरेलु श्रमिक महिलाहरूको पनि पेसागत हकहित र सुरक्षाका लागि ट्रेड युनियन हुनुपर्ने बताएका छन् । 

मंगलबार घरेलु श्रमिक मञ्चको नेतृत्वमा आफ्ना समस्याहरू सुनाउन मन्त्रालय पुगेका श्रमिक महिलाहरूको माग प्रति प्रतिबद्धता जनाउँदै मन्त्री भण्डारीले घरेलु श्रमिकको काम पनि एउटा पेसा भएको जिकिर गर्दै यस क्षेत्रमा देखिएका समस्याहरू समाधान र हकहितका लागि ट्रेड युनियन गठन गर्न सुझाएका हुन । 

उनले भने, ‘कुनै पनि कर्म र कार्य गरेपछि त्यसले ट्रेड युनियनको अधिकार पाउनु पर्छ । आफ्नो पेशागत हकहितका लागि बोल्नु पाउनुपर्छ । र, राज्यले त्यसलाई पहिचान दिनुपर्छ ।’ तपाईँहरूले गरेको कामको मान्यता पाउनु पर्ने माग जायज रहेको बताउँदै राज्यले त्यसलाई मान्यता दिने उनले प्रतिबद्धता व्यक्त गरे । 

उनले भने, ‘यो पनि एक पेसा हो, यसका विभिन्न पक्षहरू छन्, यसका लागि सबै घरेलु श्रमिक महिलाहरू आफ्ना हकहित र पेसागत सुरक्षाका लागि संगठित हुनु जरुरी छ ।’

मन्त्री भण्डारीले घरेलु श्रमिक कामदारहरू अनौपचारिक क्षेत्रको रूपमा रहेको हुनाले यसलाई औपचारिक क्षेत्र बनाउनु पर्नेमा जोड दिए । घरेलु श्रमिकहरू सँग पारिश्रमिक (ज्याला), कामको क्रममा भेदभाव (छुवाछुतको व्यवहार) हिंसा खेप्नु परेको जिकिर गर्दै उनीहरूको अधिकार सुनिश्चित गर्दै सामाजिक सुरक्षा कोषमा आबद्ध गराउनु पर्नेमा जोड दिए । 

उनले श्रम ऐन कानुन संशोधन हुने क्रममा रहेको जानकारी गराउँदै घरेलु श्रमिक महिलाहरूले भोग्दै आएका समस्याहरू समाधानका लागि के कस्ता विषयहरू ऐनमा समावेश गर्ने सरकारलाई सामूहिक लिखित सुझाव दिन आग्रह गरे । 

मन्त्री भण्डारीले भने, ‘तपाईँहरू ठिक समयमा आइपुग्नु भएको छ । नेपालको श्रम ऐन संशोधनको क्रममा रहेको छ । यसमा तपाईँहरूको उठाएका उचित मागहरूलाई पनि सम्बोधन गर्नुपर्ने आवश्यकता देखियो । तपाईँहरूले पनि बुँदागत रूपमा आफ्ना माग र समस्याहरू लेखेर मन्त्रालयमा दिनुस्, त्यही अनुसार हामी छलफल अगाडि बढाउँछौँ । यी विषयहरू श्रम ऐनमा उल्लेख हुनुपर्ने मेरो मान्यता छ ।’

विगत लामो समय देखि घरेलु महिलाको रूपमा काम गर्दै आएका करिब २ दर्जन महिलाहरू कामको क्रममा भोगेका समस्याहरू मन्त्रीलाई सुनाएका थिए । उनीहरूले काम गर्दा न्यून तलब, दुर्व्यवहार, हिंसा भोग्नु परेका सविस्तार पिडा सुनाएका थिए ।

प्रकाशित मिति : २० जेठ २०८२, मंगलबार  ४ : ५० बजे

मन्त्रिपरिषद बैठकः नागरिकता नियमावली संशोधनदेखि इराक जानेलाई श्रम स्वीकृतिसम्म

काठमाडौं- सरकारले ‘नेपाल नागरिकता चौथो संशोधन नियमावली २०८२’ स्वीकृत गर्ने

पशुपतिनाथमा रातभर धनुर्मास पूजा

काठमाडौं- प्रत्येक वर्ष सूर्यनारायण धनु राशिमा रहेका बेला शुभ साइत

धुलिखेलमा जिल्लास्तरीय भेट्रान–पुरुष भलिबल प्रतियोगिता सुरु

काभ्रेपलाञ्चोक- न्यू गौखुरेश्वर युवा क्लब धुलिखेलको आयोजनामा गौखुरेश्वर कप काभ्रेपलाञ्चोक

पर्यटन प्रवर्द्धनसँगै प्राणी संरक्षण गर्नुपर्छ : मुख्यमन्त्री बानिया

नारायणगढ– बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाले पर्यटन प्रवर्द्धनसँगै प्राणी संरक्षण

चिसो बढेपछि बाँकेमा दाउरा वितरण

नेपालगन्ज– चिसो बढ्दै गएपछि आगो ताप्नका लागि बाँकेका स्थानीय तहले