मनसुन पूर्वतयारी तथा प्रतिकार्य राष्ट्रिय कार्ययोजनाको प्रभावकारी कार्यान्वयन गरिने | Khabarhub Khabarhub

मनसुन पूर्वतयारी तथा प्रतिकार्य राष्ट्रिय कार्ययोजनाको प्रभावकारी कार्यान्वयन गरिने


२० जेठ २०८२, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


27
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले  मनसुन पूर्वतयारी तथा प्रतिकार्य राष्ट्रिय कार्ययोजनाको प्रभावकारी ढङ्गले कार्यान्वयन गर्ने प्रतिबद्धता व्यक्त गरेको छ । 

प्राधिकरणले मंगलबार पत्रकार सम्मेलन गर्दै विगतबाट पाठ सिक्दै यो वर्ष क्षति न्यूनीकरणका लागि प्रभावकारी रुपमा कार्ययोजनाको कार्यान्वयन गर्ने प्रतिबद्धता जनाएको हो ।  

प्राधिकरणका निमित्त कार्यकारी प्रमुख बन्धुप्रसाद बास्तोलाले विपद्जन्य पूर्वसूचनालाई प्रभावकारी बनाउँदै प्राधिकरणले आउँदो मनसुनलाई दृष्टिगत गर्दै मनसुनजन्य विपद् पूर्वतयारी तथा प्रतिकार्यका लागि सरोकार भएका निकायबीच समन्वय र सहकार्य बढाउने बताए। 

पूर्वसूचना तथा चेतावनी प्रणालीलाई सुदृढ गर्दै जोखिममा रहेका वर्ग, क्षेत्र र समुदायसम्म समयमा सूचना पुर्‍याइने उनले जानकारी दिए । कार्ययोजनाको प्रभावकारी कार्यान्वयन गरिने प्रतिबद्धता पनि उनले व्यक्त गरे। यो वर्ष करिब २० लाख मनसुनबाट प्रभावित हुने प्राधिकरणको अनुमान छ । प्राधिकरणले संकटका बेला प्रभावकारी ढंगले समन्वय गर्न विपद् व्यवस्थापन प्रणालीलाई सशक्त बनाइने जनाएको छ। 

यसैबीच, जल तथा मौसम विज्ञान विभागले यस वर्षको मनसुनमा देशका अधिकांश स्थानमा विगतको सरदरभन्दा बढी वर्षा हुने प्रक्षेपण गरेको छ । 

प्रकाशित मिति : २० जेठ २०८२, मंगलबार  ४ : ५३ बजे

करेन्ट लागेर २५ वर्षीय युवकको मृत्यु

वालिङ– जिल्लाको पुतलीबजार नगरपालिका-९ कोल्मामा शिनबार दिउँसो करेन्ट लागेर एक

हैजा सङ्क्रमण नियन्त्रणका लागि टोली खटाइयो

जनकपुर– पर्साको वीरगञ्जमा देखिएको हैजाको सङ्क्रमण नियन्त्रणका लागि प्रदेश सरकारले

पार्टीलाई बलियो बनाउन सबै एकताबद्ध हुनुपर्छ : महासचिव पोखरेल

देउखुरी– नेपाल कम्युनिष्ट पार्टी (एमाले)का महासचिव शंकर पोखरेलले पार्टीलाई बलियो

‘रविलाई जेलमा राख्ने होइन, बाहिर निकालेर हिसाबकिताब गर्नुपर्छ’

काठमाडौँ – सुनवलस्थित सर्वोत्तम सिमेन्ट फ्याक्ट्रीमा क्यान्टिन सञ्चालन गर्दै आएका

पाकिस्तानमा विनाशकारी बाढीको कहर

इस्लामावाद- पाकिस्तानको खैबर पख्तुनख्वा प्रान्तका ब्युनर र स्वात जिल्लामा आएको