राजुनाथ निलम्बनमा परेपछि विष्णुप्रसाद बने नयाँ नगर प्रहरी प्रमुख « Khabarhub

राजुनाथ निलम्बनमा परेपछि विष्णुप्रसाद बने नयाँ नगर प्रहरी प्रमुख


२० जेठ २०८२, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


3.1k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- काठमाडौं महानगरपालिकाले नयाँ महानगर प्रहरी बल प्रमुखमा नगर प्रहरी उपरीक्षक विष्णुप्रसाद जोशीलाई ल्याएको छ।

वर्तमान नगर प्रहरी प्रमुख राजुनाथ पाण्डे मंगलबारदेखि लागू हुने गरी ६ महिनाका लागि निलम्बनमा परेसँगै जोशीलाई नगर प्रहरीको कमान्ड दिने निर्णय प्रमुख प्रशासकीय अधिकृत सरोज गुरागाईंले गरेका हुन् ।

जोशीले यसअघि विद्यासुन्दर शाक्य मेयर हुँदा पनि नगर प्रहरी प्रमुखको भूमिका निर्वाह गरिसकेका छन् । वरिष्ठ नगर प्रहरी उपरीक्षक पाण्डेलाई गत जेठ ६ गते गुरागाईंले एक साताको समय दिएर स्पष्टीकरण सोधेका थिए ।

त्यसपछि पाण्डेले जेठ १२ मा गुरागाईंसमक्ष स्पष्टीकरण बुझाए । सातबुँदे स्पष्टीकरणमा पाण्डेले मेयर बालेन्द्र साहको आदेश पालना गरेको बताएका थिए ।

२०८१ चैत २१ गते गुरागाईं काठमाडौं प्लाजास्थित कार्यालय प्रवेश गर्ने क्रममा पाण्डे नेतृत्वको नगरप्रहरी बलले रोक्ने प्रयास गरेको थियो ।

गुरागाईंलाई रोक्न नसकेपछि पाण्डे नेतृत्वको नगर प्रहरीले कार्यालयभित्रै महानगरका कर्मचारीहरूमाथि बल प्रयोगको कोसिस गरेको थियो । त्यसपछि गुरागाईंले पाण्डेलाई किन कारबाही नगर्ने भनेर जेठ ६ गते स्पष्टीकरण सोधेका थिए ।

नगरप्रहरी प्रमुख

काठमाडौं महानगरपालिकाले नगर प्रहरी प्रमुखमा राजुनाथ पाण्डेलाई २०८० असोज ३० मा बढुवा गरेको थियो । मेयरमा बालेन्द्र साह आइसेपछि पाण्डेले नगर प्रहरीको नेतृत्व पाएका थिए । तर उनी प्रमुख प्रशासकीय अधिकृतबाट भन्दा मेयरबाटै चल्ने गरेका थिए ।

पाण्डे ३० असोज २०८० को कार्यपालिका वैठकबाट नगर प्रहरी वरिष्ठ उपरीक्षक पदमा बढुवा भएका थिए ।

त्यसबेला एक नम्बरमा पाण्डे, दुई नम्बरमा विष्णुप्रसाद जोशी र तीन नम्बरमा दिनेश अर्यालको नाम सिफारिस भएको थियो । कार्यसम्पादन मूल्यांकन र वरियताको आधारमा पाण्डे बढुवा भएका थिए । अहिले पाण्डे निलम्बनमा परेपछि त्यसबेला बढुवाका लागि २ नम्बरमा सिफारिस जोशीको हातमा नेतृत्व पुगेको हो ।

प्रकाशित मिति : २० जेठ २०८२, मंगलबार  ५ : ०० बजे

म मोज्तबा खामेनीको मृत्यु चाहन्नँ : ट्रम्प

काठमाडौँ- अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानका सर्वोच्च नेता मोज्तबा खामेनीको

वर्षाका कारण दाङका ३० इँटा उद्योगमा क्षति

दाङ – गत शनिबारको वर्षाका कारण यहाँका ३० वटा इँटा

तिनाउमा डुबेर बेपत्ता भएका दुई भारतीय युवकको शव फेला

पाल्पा- तिनाउ खोलामा डुबेर बेपत्ता भएका दुई जना भारतीय युवकको

चुनावी समीक्षा प्रतिवेदन पठाउन तल्लो कमिटीलाई एमालेको निर्देशन

काठमाडौं- नेकपा एमालेले प्रतिनिधिसभा निर्वाचनको समीक्षा प्रतिवेदन पठाउन तल्ला कमिटीलाई

मीन विश्वकर्माले यसरी गरेर बदलिएको कांग्रेस र रास्वपाको तुलना

काठमाडौँ– नेपाली कांग्रेसका नेता मीनबहादुर विश्वकर्माले फागुन २१ को निर्वाचनबाट