सबैभन्दा धेरै महिला हिंसा श्रीमानबाटै  « Khabarhub

सबैभन्दा धेरै महिला हिंसा श्रीमानबाटै 


२० जेठ २०८२, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


30
Shares
  • change font
  • change font
  • change font

दाङ– सबैभन्दा धेरै महिला हिंसा श्रीमानबाटै हुने गरेको तथ्याङ सार्वजनिक भएको छ । महिला पुनर्स्थापना केन्द्र (ओरेक) ले लुम्बिनी प्रदेशको दाङ जिल्लामा गरेको सर्वेक्षणमा महिलाहरू आफ्नै श्रीमानबाट हिंसामा परेको देखाएको छ । 

ओरेकले महिला हिंसा सम्बन्धी कुल ३१ वटा लैङ्गिक विभेदमा आधारित हिंसाको तथ्याङ्क अभिलेखीकरण गरेको थियो ।

जनवरीदेखि मार्च २०२५ सम्म अर्थात् ३ महिनाको प्रतिवेदन अनुसार  ८१ प्रतिशत (२५ जना) महिला घरेलु हिंसाबाट प्रभावित भएको देखिन्छ । जसमा अधिकांश घटनामा आरोपितहरू प्रभावित महिलाका आफ्नै जीवनसाथी अर्थात् श्रीमान् रहेका छन् ।

सामाजिक रूपमा महिलाको सुरक्षाको पहिलो अपेक्षित स्थान मानिने परिवारभित्रै महिलाहरू असुरक्षित रहनु गम्भीर चिन्ताको विषय हो ।

यस्ता घटनाहरू केवल दाङ जिल्लासम्म सीमित छैनन् । नेपाल प्रहरीको यस आर्थिक वर्ष सार्वजनिक वार्षिक तथ्याङ्क अनुसार पनि देशभर वार्षिक रूपमा १६ हजारभन्दा बढी महिला घरेलु हिंसाबाट प्रभावित हुने गरेका छन् ।

प्रकाशित मिति : २० जेठ २०८२, मंगलबार  ५ : ३४ बजे

रविभन्दा कुलमानसँग सहकार्य नजिक छन् बालेन

काठमाडौं – प्रधानमन्त्री सुशीला कार्कीले फागुन २१ गते निर्वाचन हुने

घार र मह बेचेर मनग्य आम्दानी

लेखनाथ – महको मूल्य र माग बढ्दै गएपछि पछिल्ला वर्षहरुमा

कांग्रेस कार्यसम्पादन समितिको बैठक शुक्रबार पुनः बस्ने

ललितपुर – नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक शुक्रबार दिउँसो

मुलुक समृद्ध बनाउन नयाँ पुस्ता एकताबद्ध हुनुपर्छः उर्जामन्त्री घिसिङ

काठमाडौं – ऊर्जामन्त्री कुलमान घिसिङले देशलाई समृद्धि, सुशासन र न्यायको

निर्वाचनमा पत्रकारले निष्पक्ष कलम चलाउनुपर्छ: पूर्वनिर्वाचन आयुक्त थपलिया

काठमाडौं – पूर्वनिर्वाचन आयुक्त दिनेश थपलियाले निर्वाचनका बेला पत्रकारले कुनै