शिक्षा प्रणालीमा सुधार गर्न आवश्यक : पूर्वराष्ट्रपति भण्डारी « Khabarhub

शिक्षा प्रणालीमा सुधार गर्न आवश्यक : पूर्वराष्ट्रपति भण्डारी


२० जेठ २०८२, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


48
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले मुलुकको शिक्षा प्रणालीमा सुधार गर्नुपर्नेमा जोड दिएकी छन् ।

मंगलबार काठमाडौँको टङ्गाल माध्यमिक विद्यालयको ६२औँ वार्षिकोत्सव कार्यक्रममा पूर्वराष्ट्रपति भण्डारीले शैक्षिक नीति, पाठ्यक्रम, शिक्षण पद्धति तथा समग्र शैक्षिक प्रणालीमा युगानुकूल सुधार गर्नुपर्ने बताएकी हुन् । 

शिक्षा प्रणालीको उद्देश्य केवल प्रमाणपत्र प्राप्त गर्ने शिक्षित व्यक्तिको उत्पादनमा सीमित रहन नहुने भन्दै उनले गुणस्तरीय शिक्षाको माध्यमबाट अन्तर्राष्ट्रियस्तरमै प्रतिस्पर्धा गर्न सक्ने योग्य र सक्षम बनाउनु आवश्यक रहेको धारणा राखिन्।

उनले युवाशक्तिको तीव्र विदेश पलायनको चूनौतिलाई रोक्न शिक्षा प्रणालीलाई प्रत्यक्षरूपमा उत्पादनसँग जोड्न अत्यावश्यक रहेको बताइन्।

त्यस्तै भण्डारीले स्वदेशमै गुणस्तरीय शिक्षा, सीपमूलक तालिम र उत्पादनमूलक रोजगारीका अवसर सिर्जना गर्नुपर्नेमा जोड दिइन्। उनले राष्ट्रप्रति उत्तरदायी नागरिक तयार गर्न सामुदायिक विद्यालयको योगदान रहेको जिकिर गरिन्।

प्रकाशित मिति : २० जेठ २०८२, मंगलबार  ५ : ५४ बजे

यातायात भाडा समायोजनको माग

खोटाङ– नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घ खोटाङले जिल्लामा सञ्चालन हुने

मेस्सीले सन्न्यास लिँदा रोनाल्डो भावुक

काठमाडौं- अन्तर्राष्ट्रिय फुटबलबाट औपचारिक बिदाइ लिएका लियोनल मेस्सीप्रति क्रिस्टियानो रोनाल्डोले

भृकुटीमण्डपमा बजाज ‘गेम अफ पावर’ एक्सचेन्ज कार्निभल

काठमाडौं– नेपालका लागि बजाज मोटरसाइकलको आधिकारिक वितरक हंसराज हुलासचन्द एण्ड कम्पनी

बौद्धिक सम्पत्ति संरक्षण र नेपाली ब्राण्ड प्रवर्द्धनमा सरकारले सहजीकरण गर्छ : सञ्चारमन्त्री 

काठमाडौँ-  सूचना तथा सञ्चारमन्त्री डा. विक्रम तिमिल्सिनाले नेपाली उत्पादनको मौलिकता, पहिचान

कांग्रेस महाधिवेशन : मतदानका लागि तयार मतपेटिका (तस्बिरहरू)

काठमाडौं– कांग्रेस १५ औँ महाधिवेशनमा मतदानका लागि मतदानस्थल र मतपेटिका