संविधान संशोधनको काम तत्काल सुरु गर्नुपर्छ : गगन थापा  | Khabarhub Khabarhub

संविधान संशोधनको काम तत्काल सुरु गर्नुपर्छ : गगन थापा 


२० जेठ २०८२, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


69
Shares
  • change font
  • change font
  • change font

नेपालगञ्ज– नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले सरकारले संविधान संशोधनको काम तत्काल सुरु गर्नुपर्ने बताएका छन् । 

नेपाली कांग्रेस, बाँकेको प्रतिनिधिसभा क्षेत्रीय सम्मेलनको आज उद्‌घाटन गर्दै उनले नेपाली कांग्रेस र नेकपा एमालेबीच भएको सातबुँदे सहमतिको वाचा पूरा गर्न जरूरी भएको बताए। 

महामन्त्री थापाले एउटा पार्टीले बहुमत ल्याउने प्रणाली निर्माण गर्न जोड दिँदै गठबन्धन गराउने निर्वाचन प्रणालीले नेपाल ध्वस्त बनाएको उल्लेख गरे। उनले पाँच वर्ष चल्ने स्थिर सरकारका लागि बाटो खोज्न आवश्यक भएको भन्दै संसद् र सरकारलाई समावेशी बनाउने गरी संविधान संशोधन गर्न आग्रह गरे । 

‘अब एउटा पार्टीले बहुमत ल्याउनुपर्छ त्यसका लागि संविधान संशोधनको विकल्प छैन’, उनले भने। महामन्त्री थापाले सङ्घीय लोकतान्त्रिक गणतन्त्र मास्ने होइन बरू यसलाई अझ उन्नत बनाउन खर्च कटौती गर्नुपर्ने धारणा व्यक्त गरे। 

उनले सङ्घ र प्रदेशमा उपराष्ट्रपति, उपसभामुख जस्ता पदका विषयमा सोच्नुपर्ने उल्लेख गर्दै सङ्घमा १० देखि १५ जना र प्रदेशमा तीनदेखि पाँच जनासम्म मन्त्री बनाउँदा खर्च कटौती हुने तर्क गरे। महामन्त्री थापाले नेपालको सङ्घीयता अहिलेको जस्तो हुन नहुनेमा जोड दिँदै यसलाई संविधान संशोधनमार्फत सुधार गर्न आवश्यक भएको बताए। 

उनले सङ्घीय लोकतान्त्रिक गणतन्त्रका बारेमा कांग्रेस स्पष्ट रहेको औँल्याउँदै उनले कांग्रेस राष्ट्रिय शक्तिका रूपमा स्थापित भएको बताए। उनले जनताका असन्तुष्टिलाई बहाना बनाएर उत्तेजना फैलाउने काम भएको उल्लेख गर्दै नेपालको राजसंस्था कहिल्यै संवैधानिक नभएको टिप्पणी गरे। 

सो कार्यक्रममा नेपाली कांग्रेसका केन्द्रीय सदस्यद्वय मधु आचार्य, मैकुलाल बाल्मिकी, लुम्बिनी प्रदेशका कांग्रेस सभापति अमरसिंह पुन, जिल्ला सभापति नारायणप्रसाद गौडेल लगायतले सङ्घीय लोकतान्त्रिक गणतन्त्र कमजोर नभएको बताए। 

प्रकाशित मिति : २० जेठ २०८२, मंगलबार  ६ : १९ बजे

हिट फिल्मको खडेरीमा दशैँ भिडन्तले पानी पार्ला ?

काठमाडौं – ०८२ बितेका सुरुवाती ६ महिनाको व्यापार सुखद् छैनन्

अर्घाखाँचीमा गाडी दुर्घटना, दुईजनाको मृत्यु, २४ जना घाइते

अर्घाखाँची– अर्घाखाँचीमा फोर्स गाडी दुर्घटना हुँदा २ जनाको मृत्यु भएको

बडादशैँका लागि कोटेश्वर–जडीबुटी हुँदै पूर्वतर्फ जाने सवारी र यात्रुको चाप (तस्बिरहरू)

काठमाडौं– बडादशैँको सातौँ दिन आज दशैँघरमा फूलपाती भित्र्याइँदै छ ।

काठमाडौंको भीमसेनस्थान क्षेत्रमा आगलागी, ६ वटा घरमा क्षति

काठमाडौं– काठमाडौं महानगरपालिका वडा नम्बर २० को वडा कार्यालय भीमसेनस्थान

के हो फूलपाती महिमा ?

काठमाडौं – हिन्दू धर्मावलम्बीका लागि आश्विन शुल्क सप्तमीको दिन विशेष