प्रचण्डलाई राजेन्द्रले भने- अहिले जनयुद्धको समय होइन, भ्रममा नपर्नुहोस् « Khabarhub

प्रचण्डलाई राजेन्द्रले भने- अहिले जनयुद्धको समय होइन, भ्रममा नपर्नुहोस्


२० जेठ २०८२, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


525
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनले अहिले जनयुद्धको समय नरहेकाले भ्रममा नपर्न प्रचण्डलाई आग्रह गरेका छन् ।  

राजसंस्था र हिन्दू राज्य पुनस्र्थापनाको माग गर्दै संयुक्त जनआन्दोलन परिचालन समितिले मंगलबार काठमाडौंको सिफलमा आयोजना गरेको प्रदर्शनमा लिङ्देनले हिजोकै जस्तो मान्छेलाई तर्साएर आफ्नो मुनी राख्न सकिन्छ की भन्ने भ्रमबाट मुक्त हुन प्रचण्डलाई आग्रह गरेका हुन् ।

आफूहरूको आन्दोलन प्रचण्ड वा कुनै दलको विरुद्ध नभई देशमा गणतन्त्रमा नाममा भइरहेको लुटतन्त्र अन्त्य गर्नका लागि लडिरहेको उनले बताए ।

उनले आफूहरूको आन्दोलनविरुद्ध आउने जोकोहीलाई जनताले प्रतिकार गर्ने उल्लेख गरे । त्यस्तै अध्यक्ष लिङ्देनले निषेधाज्ञा बिस्तार गर्ने, प्रदर्शनलाई रोक लगाउने काम संविधान विपरीत रहेकाले यस्ता निर्णय फिर्ता लिन माग समेत गरे  ।  

राजावादीको प्रदर्शनलाई मध्यनजर गर्दै प्रशासनले सिफलचौर क्षेत्र, कोटेश्वर आकाशे पुलदेखि दक्षिण बालकुमारी क्षेत्र र बल्खु क्षेत्रमा मात्रै प्रदर्शन गर्न पाइने गरी निषेधित क्षेत्र घोषणा गरिसकेको छ । अन्य क्षेत्रमा निषेधित क्षेत्र घोषणा गरेका कारण राजावादीले मंगलबार सिफलचौरमा प्रदर्शन गरेका हुन् ।

प्रकाशित मिति : २० जेठ २०८२, मंगलबार  ७ : २० बजे

रसुवा बाढीले विभिन्न बैंकका १७ वटा शाखा प्रभावित

काठमाडौं– रसुवाको भोटेकोशीमा यही भदौ १० गते आएको बाढीका कारण

‘टिम्बुरे टु त्रिवेणी’ अपरेशन : शव व्यवस्थापन र ‘डीएनए’ परीक्षणलाई तीव्रता

नुवाकोट– नेपाल प्रहरीको ‘टिम्बुरे टु त्रिवेणी’ विशेष अपरेशनअन्तर्गत बाढी प्रभावित

नेपाल कुनै पनि बाह्य शक्तिको भूराजनीतिक खेलमैदान बन्नु हुँदैन : झलनाथ खनाल

काठमाडौं- पूर्वप्रधानमन्त्री झलनाथ खनालले नेपाल कुनै पनि बाह्य शक्ति राष्ट्रको भूराजनीतिक

पोखरा रंगशालामा सरसफाइ (तस्बिरहरू) 

पोखरा- पोखरा रंगशालामा शनिबार सरसफाइ तथा गोडमेल गरिएको छ। कास्की जिल्ला

बाढी प्रभावित क्षेत्रमा १६ मनोपरामर्शदाता परिचालन

भक्तपुर- बागमती प्रदेश सरकारले रसुवाको भोटेकोशी क्षेत्रमा बाढीबाट प्रभावित नागरिकका लागि