सात बुँदे घोषणापत्र जारी गर्दै थारू अन्तर्राष्ट्रिय सांस्कृतिक सम्मेलन सम्पन्न « Khabarhub

सात बुँदे घोषणापत्र जारी गर्दै थारू अन्तर्राष्ट्रिय सांस्कृतिक सम्मेलन सम्पन्न


२० जेठ २०८२, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


33
Shares
  • change font
  • change font
  • change font

महेन्द्रनगर– जनकपुरधाममा दुई दिने थारू अन्तर्राष्ट्रिय सांस्कृतिक सम्मेलन सात बुँदे घोषणापत्र जारी गर्दै सम्पन्न भएको छ । 

थारू अन्तर्राष्ट्रिय महासभा तथा विभिन्न थारू सङ्घ संस्थाको संयुक्त आयोजनामा जनकपुरधाममा दुई दिने थारू अन्तर्राष्ट्रिय सांस्कृतिक सम्मेलन आयोजना भएको थियो । सम्मेलनमा नेपाल र भारतका थारू प्रतिनिधिको सहभागिता रहेको थियो ।

सम्मेलनमा महासभाको अवधारणा, उद्देश्य, सङ्गठनात्मक सिद्धान्त तथा हाल थारू समुदायले भोगिरहेका साझा समस्या समाधानका उपायबारे छलफल भएको आज यहाँ आयोजित पत्रकार सम्मेलनमा जानकारी दिइयो । पत्रकार सम्मेलनमा सात बुँदे घोषणापत्रबारे जानकारी दिइएको थियो । 

घोषणापत्रमा आतंकवादको कडा भर्त्सना गर्दै थारू समुदायको भाषा-संस्कृति र इतिहासको संरक्षण, आदिवासी अधिकारका पक्षमा अन्तर्राष्ट्रिय पहल तथा सांस्कृतिक अनुसन्धान केन्द्र स्थापनाको विषय समावेश गरिएको छ ।

त्यसैगरी, थारू अन्तर्राष्ट्रिय महासङ्घको नेपाल च्याप्टर गठन गर्ने निर्णय भएको छ । च्याप्टर गठन गर्ने कार्यको संयोजकमा श्रवण थारूलाई चयन गरिएको छ । सम्मेलनले अन्य देशमा पनि सङ्गठन विस्तार गर्दै थारू समुदायका अधिकार र पहिचान संरक्षणमा समन्वयकारी भूमिका खेल्ने विषयमा पनि छलफल गरेको जनाइएको छ ।

प्रकाशित मिति : २० जेठ २०८२, मंगलबार  ७ : २६ बजे

नेपालमा रहेका खाद्यान्नमा देखियो मुटुलाई हानी गर्ने ‘ट्रान्स फ्याक्ट’ 

काठमाडौं– हामीले खाने खाद्यपदार्थहरूमा बढी ‘ट्रान्स फ्याक्ट’ हुँदा शरीरको मुख्य

प्रधानमन्त्री बनाउनु पर्ने सर्तमा रविलाई नेता मान्‍न बालेन तयार

काठमाडौं- काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साह राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति

ओडिसामा गोली हानाहान, शीर्ष कमाण्डरसहित छ जना नक्सालवादी विद्रोहीको मृत्यु

नयाँदिल्ली– पूर्वी भारतीय राज्य ओडिसामा भएको प्रहरीसँगको गोली हानाहानमा मारिएका

ज्येष्ठ नागरिकको अधिकार सुनिश्चित गर्न आग्रह

काठमाडौं– राष्ट्रिय मानव अधिकार आयोगले ज्येष्ठ नागरिकको अधिकारप्रति संवेदनशील हुँदै

जिप दुर्घटनामा एक जनाको मृत्यु, १६ घाइते

अर्घाखाँची– भूमिकास्थान नगरपालिकामा स्थानीय जनजागृति माध्यमिक विद्यालयका विद्यार्थी सवार जिप दुर्घटना