राइड सेयरिङसम्बन्धी नियमावली कार्यान्वयन नगर्न गण्डकीलाई संघीय सरकारको पत्र « Khabarhub

राइड सेयरिङसम्बन्धी नियमावली कार्यान्वयन नगर्न गण्डकीलाई संघीय सरकारको पत्र


२० जेठ २०८२, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


162
Shares
  • change font
  • change font
  • change font

पोखरा– यातायात व्यवसायीहरूसँग संघीय सरकारबीच सोमबार मध्यरातमा भएको सहमति कार्यान्वयन गर्न प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयले गण्डकी प्रदेश सरकारलाई राइड सेयरिङसम्बन्धी नियमावली हाललाई कार्यान्वयन नगर्न पत्र पठाएको छ । 

यस सम्बन्धी पत्र मंगलबार गण्डकी प्रदेश सरकारको मुख्य मन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा दर्ता भएको हो। पत्रमा सार्वजनिक यातायात बन्दका कारण सर्वसाधारणको दैनिकी प्रभावित भएकाले प्रदेशले ल्याएको राइड सेयरिङसम्बन्धी व्यवस्था तत्काल कार्यान्वयन नगर्न आग्रह गरिएको छ।

मन्त्रीस्तरीय निर्णयअनुसार जनजीवन सहज बनाउने उद्देश्यले नियमावलीको कार्यान्वयन रोक्न पत्रमार्फत आग्रह गरिएको उल्लेख छ। संघीय सरकारको सो निर्देशनबारे छलफल गर्न मुख्यमन्त्री कार्यालयमा हाल उपलब्ध मन्त्रीहरूसहित बैठक चलिरहेको मुख्यमन्त्री सचिवालयले जनाएको छ।

यसअघि मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले पत्र आएपछि के गर्ने भन्ने बारेमा निर्णय गरिने प्रतिक्रिया दिएका थिए । यातायात क्षेत्रमा प्रदेश सरकारको एकल अधिकार भएकाले प्रदेशले बनाएको कानुनमा संघले हस्तक्षेप नगर्न मुख्यमन्त्रीमाथि दबाब छ ।

प्रकाशित मिति : २० जेठ २०८२, मंगलबार  ७ : ३४ बजे

बजेट निर्माण प्रक्रिया तत्काल अगाडि बढाउने प्रदेश सरकारको निर्णय

सुदूरपश्चिम– सुदूरपश्चिम प्रदेश सरकारले बजेट निर्माण प्रक्रियालाई तत्काल अगाडि बढाउने

आतङ्कवादविरुद्ध अन्तर्राष्ट्रिय सहकार्य थप आवश्यक : संयुक्त राष्ट्रसङ्घ

एजेन्सी– संयुक्त राष्ट्रसङ्घले आतङ्कवादको बदलिँदो स्वरूप र प्रविधिको बढ्दो दुरुपयोगसँगै यसविरुद्ध

पशुपति क्षेत्रमा तीजका लागि सफाइ

काठमाडौं– हरितालिका (तीज) को तयारीस्वरूप पशुपति क्षेत्रका विभिन्न स्थानमा सफाइ

नेपाल प्रहरीको अस्थायी अस्पताल सञ्चालन

त्रिशूली– भोटेकोशी नदीमा आएको बाढीपश्चात् उत्पन्न हुनसक्ने स्वास्थ्य समस्यालाई मध्यनजर

अस्थायी दरबन्दीका स्वास्थ्यकर्मीलाई अन्यत्र नखटाउन मधेश सरकारको निर्देशन

जनकपुर– मधेश प्रदेश सरकारले अस्थायी दरबन्दीमा कार्यरत स्वास्थ्यकर्मी तथा कर्मचारीलाई तत्काल अन्यत्र जिम्मेवारी नदिन