मुस्ताङका चार पालिकामा ‘पूर्ण खोप सुनिश्चितता’ « Khabarhub

मुस्ताङका चार पालिकामा ‘पूर्ण खोप सुनिश्चितता’


२० जेठ २०८२, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


36
Shares
  • change font
  • change font
  • change font

मुस्ताङ– यहाँको घरपझोङ गाउँपालिकासहित चार स्थानीय तहलाई  ‘पूर्ण खोप सुनिश्चितता तथा दिगोपना पालिका’ घोषणा गरिएको छ ।

 ‘स्थानीय स्रोतको उपयोग, स्वामित्व, सहभागिता, पूर्ण खोप गाउँपालिकाका हाम्रो प्रतिबद्धता’ नारासहित ती स्थानीय तहलाई पूर्ण खोप सुनिश्चितता पालिका घोषणा गरिएको हो । 

यहाँका घरपझोङ, लोमान्थाङ, लोघेकर दामोदरकुण्ड र थासाङ गाउँपालिकालाई पूर्ण खोप सुनिश्चितता तथा दिगोपना पालिका घोषणा गरिएको जनस्वास्थ्य कार्यालय मुस्ताङका तथ्याङ्क अधिकृत राजन पहाडीले जानकारी दिए । उनका अनुसार मुस्ताङका पाँच पालिकामध्ये चार पालिकाले पूर्ण खोप घोषणा गरेको र केही दिनमा वारागुङ मुक्तिक्षेत्रले पनि पूर्ण खोप सुनिश्चितता तथा दिगोपना घोषणा गर्ने कार्यक्रम रहेको छ ।

घरपझोङले मंगलबार एक कार्यक्रम गरी पालिकालाई पूर्ण खोप सुनिश्चितता तथा दिगोपना घोषणा गरेको गाउँपालिकाका स्वास्थ्य शाखा अधिकृत कर्णबहादुर थकालीले जानकारी दिए । पूर्ण खोप पालिका घोषणा गर्दै पालिका अध्यक्ष मोहनसिंह लालचनले सबैको सामूहिक प्रयासले घोषणा कार्य सम्पन्न भएको र अब यसलाई निरन्तरता दिन लाग्नुपर्ने बताए। 

गाउँपालिका उपाध्यक्ष जमुना थकालीले गाउँपालिकाले तयारी गरेको बालमैत्री स्थानीय शासनको सूचकमध्ये खोप कार्यक्रम महत्वपूर्ण रहेको भन्दै यसको दिगोपना अपरिहार्य रहेको उल्लेख गरे। प्रदेश अस्पताल जोमसोमका चिकित्सक डा मनिष कोइरालाले बालबालिकालाई स्वास्थ्य राख्नका लागि शारीरिक, मानसिक र अन्य वृद्धि विकासमा खोप अनिवार्य रहेको बताए। 

यसअघि यहाँका पाँच पालिकाका २५ वटा वडामध्ये चार पालिकाका २० वडाका वडास्तरीय खोप समन्वय समितिले पूर्ण खोप लगाएको घोषणा गरेपछि पालिकालाई पनि पूर्ण खोप सुनिश्चितता घोषणा गरिएको हो ।

प्रकाशित मिति : २० जेठ २०८२, मंगलबार  ७ : ५८ बजे

जाँचबुझ आयोगको प्रतिवेदन : एक विदेशीसहति २४ जना आन्दोलनकारीबाटै मारिए

काठमाडौँ- भदौ २३ र २४ को जेनजी आन्दोलनमा ७६ जनाको

जाँचबुझ आयोगको प्रतिवेदन : यी हुन् सामाजिक सञ्जालमार्फत भ्रामक सूचना फैलाउनेहरू

काठमाडौँ- भदौ २३ र २४ गतेको जेनजी आन्दोलनमा भ्रामक सूचना

युक्रेनमा व्यापक आक्रमण, कैयौँ सहरमा जनजीवन प्रभावित

मस्को – रुसले युक्रेनका कैयौँ सहरमा व्यापक र हवाई आक्रमण

जाँचबुझ आयोगको प्रतिवेदन : न्यायालय राजनीतिक चंगुलमा फस्यो

काठमाडौं– पूर्वन्यायाधीश गौरीबहादुर कार्की नेतृत्वको जाँचबुझ आयोगले न्यायालय राजनीतिक चंगुलमा

बेलायत र फ्रान्सले ‘स्ट्रेट अफ हर्मुज’ पुनः सञ्चालन गर्ने पहल गर्ने

लण्डन – बेलायत र फ्रान्सले मध्यपूर्व युद्धको सुरुवातदेखि इरानले प्रभावकारी