यातायात व्यवसायीले रोके आन्दोलन, गाडी चलाउने « Khabarhub

यातायात व्यवसायीले रोके आन्दोलन, गाडी चलाउने


२० जेठ २०८२, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


1.3k
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – गण्डकी प्रदेश सरकारले ल्याएको राइड सेयरिङ नियमावली स्थगन गरेपछि यातायात व्यवसायीहरूले आन्दोलनका सबै कार्यक्रम फिर्ता लिएका छन्‌ ।

नियमावली फिर्ता लिनुपर्ने माग राख्दै देशभर सार्वजनिक यातायातका साधन ग्यारेजमा थन्क्याएका व्यवसायीहरूले अब भने गाडी चलाउने भएका छन्‌ । नेपालको सार्वजनिक यातायातमा निजी कम्पनीहरूको दबदबा छ ।

सार्वजनिक यातायात आवागमन नै ठप्प भएपछि केन्द्र सरकारले प्रदेश सरकारलाई मङ्गलबार बेलुकी नियमावली फिर्ता लिन भनेको थियो । प्रदेश सरकारले पनि केन्द्र सरकारको आग्रहअनुसार नियमावली स्थगन गरेको जनाएपछि यातायात व्यवसायीले आन्दोलनका कार्यक्रम फिर्ता लिएका हुन्‌ ।

आम सर्वसाधारणलाई गन्तव्यमा पुर्‍याउनुपर्ने सार्वजनिक सवारीसाधन आवागमन ठप्प पारेपछि सङ्घीय सरकारले नै व्यवसायीसँग वार्ता गरेको थियो ।

प्रदेश सरकारले हालै लागू गरेको गण्डकी प्रदेश राइड सेयरिङ (नियमन र व्यवस्थापन) नियमावली, २०८२ को कार्यान्वयन प्रक्रिया अस्थायी रूपमा एक महिनाका लागि स्थगित गर्ने निर्णय गरेको छ ।

२०७६ फागुन २९ मा उच्च अदालत पाटनबाट राइड सेयरिङ सेवा नरोकिनुपर्ने निर्देशनात्मक आदेश, २०७८ भदौ ३ गते सर्वोच्च अदालतबाट ‘पे बाइक’ सेवा नरोकिने आदेशका आधारमा प्रदेशले नियमावली बनाएको थियो ।

प्रकाशित मिति : २० जेठ २०८२, मंगलबार  ९ : ३५ बजे

राष्ट्रपतिद्वारा ‘क्रिसमस डे’को शुभकामना

काठमाडौं– राष्ट्रपति रामचन्द्र पौडेलले विविधताबीचको राष्ट्रिय एकतालाई थप मजबुत तथा

‘प्रचण्ड र रविको चुनावी तालमेल भन्ने समाचार झुटो हो’

काठमाडौं – नेपाली कम्युनिस्ट पार्टी (नेकपा) संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’को

डिसेम्बर २५ : विश्वभर क्रिसमसको रौनक (फोटो फिचर)

काठमाडौं – आज विश्वभरका क्रिस्चियनले क्रिसमस मनाउँदै छन्। क्रिश्चियन धर्मका

क्रिकेटर मिनेश थापाको दुर्घटनामा मृत्यु

काठमाडौं – कोशी प्रदेशका प्रतिभाशाली क्रिकेटर मिनेश थापाको दुर्घटनामा मृत्यु