म्याग्दीको दरखोलामा झोलुङ्गे पुल निर्माण « Khabarhub

म्याग्दीको दरखोलामा झोलुङ्गे पुल निर्माण


१९ असार २०८२, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


36
Shares
  • change font
  • change font
  • change font

म्याग्दी– म्याग्दीको धौलागिरि गाउँपालिका– ३ मुना फलीयागाउँ र दर जोड्ने दरखोलामाथि दुई करोड ३१ लाख ३६ हजार ७५० को लागतमा ३६६ मिटर लामो झोलुङ्गे पुल निर्माण भएको छ ।

पोखरास्थित स्थानीय पूर्वाधार विकास आयोजनाले पुल निर्माण गरेको हो । पुल बनेपछि धौलागिरि चक्रीय पदमार्गमा जाने पर्यटकलाई सहज भएको छ ।

यस्तै दर, मुदी, खिवाङ, नेरवाङ, बगर, नाउराका बासिन्दा लामो बाटो भएर गाउँपालिकाको केन्द्र मुना पुग्नुपर्ने बाध्यताबाट मुक्त भएका छन् ।

२०८२ सालको मङ्सिरसम्ममा पूरा गर्नेगरी सम्झौता भएकोमा निर्माण कम्पनीले हालै काम पूरा गरेर पूर्वाधार कार्यालयलाई हस्तान्तरण गरेसँगै पुल सञ्चालनमा आएको हो । (रासस) 

प्रकाशित मिति : १९ असार २०८२, बिहीबार  ८ : ३४ बजे

कांग्रेसको विशेष महाधिवेशन : उम्मेदवारको मनोनयन दर्ता बुधबार बिहान हुने

काठमाडाैं – नेपाली कांग्रेस विशेष महाधिवेशनअन्तर्गत हुने केन्द्रीय कार्यसमितिको निर्वाचनका

फागुन २१ को निर्वाचन देशभर एकै चरणमा हुन्छ : गृहमन्त्री अर्याल

सप्तरी – गृहमन्त्री ओमप्रकाश अर्यालले आगामी फागुन २१ गते हुने

अवैध अन्तरराष्ट्रिय कल बाइपासमा संलग्न सात चिनियाँ पक्राउ

काठमाडौं – अवैध अन्तरराष्ट्रिय कल बाइपासमा प्रयोग गरिएका उपकरणसहित सात

बुधबारदेखि राष्ट्रिय लिग फुटबल सुरु हुँदै

काठमाडौं – अखिल नेपाल फुटबल सङ्घ (एन्फा)को आयोजनामा बुधबारदेखि काठमाडौंमा

विशेष महाधिवेशनबाट पार्टी झनै बलियो हुन्छ : महामन्त्री शर्मा

काठमाडौं – नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले विशेष महाधिवेशनबाट पार्टी