एसीसी यु-१६ इस्ट जोन कप : नेपाल फाइनलमा प्रवेश « Khabarhub

एसीसी यु-१६ इस्ट जोन कप : नेपाल फाइनलमा प्रवेश


१९ असार २०८२, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


846
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– १६ वर्ष मुनिको एसीसी इस्ट जोन कप क्रिकेट प्रतियोगितामा नेपाल फाइनलमा प्रवेश गरेको छ ।

मलेसियामा आज (बिहीबार) भएको खेलमा घरेलु टोली मलेसियालाई ९ विकेटले हराउँदै नेपाल फाइलनमा प्रवेश गरेको हो ।

मलेसियाले दिएको ९१ रनको सामान्य लक्ष्य नेपालले ११ ओभर ४ बलमा एक विकेट गुमाएर पूरा गर्‍याे । 

नेपालका परिमार्जन यादवले सर्वाधिक ५९ रनको अर्धशतकीय पारी खेले । यस्तै, शिवान्श बजगाईंले २३ रन जोडे । मलेसियाका नागिनेश्वरमले १ विकेट लिए ।

यसअघि टस हारेर पहिलो ब्याटिङको निम्तो पाएको मलेसियाले ४३ ओभर १ बलमा अलआउट हुँदै ९० रन बनाएको थियो ।

मलेसियाका मोहम्मद फतुलले ३८, डियाज प्याट्रोले १० रन जोडे । अन्य खेलाडीले दोहोरो अङ्क बनाउन सकेनन् ।

नेपालका लागि अभय यादवले ४, शुभम् खनालले ३ तथा कप्तान विपिनप्रसाद शर्मा र सचिन भट्टले १–१ विकेट लिए ।

अब नेपालले उपाधिका लागि हङकङ र सिङ्गापुरबीचको विजेतासँग शनिबार खेल्ने छ । 

प्रकाशित मिति : १९ असार २०८२, बिहीबार  ११ : ५९ बजे

गगनलाई आरेनले भने- पुराना गल्ती सच्याउँदै नयाँ पुस्ता देश निर्माणमा लाग्नुपर्छ

काठमाडौं– श्रम संस्कृति पार्टीका महासचिव आरेन राईले पुराना कमजोरी सच्चाएर

हाम्रो जस्तो देशमा धेरै पार्टी आवश्यक छैन : बाबुराम भट्टराई

काठमाडौँ – पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले हाम्रो जस्तो देशमा धेरै

गगनलाई रेशमको प्रश्न- गणतन्त्रसँग धर्म किन साटियो ?

काठमाडौं– नागरिक उन्मुक्ति पार्टीका संस्थापक अध्यक्ष रेशम चौधरीले गगन थापालाई

हिजो कपाल फुलेकाले देश बिगारे, आज कपाल काला भएकाले पनि बनाउँछन् भन्ने छनक छैन : रेशम चौधरी

काठमाडौं- नागरिक उन्मुक्ति पार्टीका संरक्षक रेशम चौधरीले हिजो कपाल फुलेका

दशौँ राष्ट्रिय खेलकुद सर्दैन, तोकिएकै समयमा हुन्छ : शिक्षामन्त्री सस्मित पोखरेल

कर्णाली – शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले दशौँ राष्ट्रिय खेलकुद