फर्सीको मुन्टा खानुका फाइदाहरू « Khabarhub

फर्सीको मुन्टा खानुका फाइदाहरू


१९ असार २०८२, बिहिबार  

पढ्न लाग्ने समय : 2 मिनेट


258
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– हरियो सागपात मानव स्वास्थ्यका लागि निकै लाभदायक मानिन्छ । अझ हरियो साग खानाले आँखा तेजिलो हुने चिकित्सकहरू बताउँछन् । हरियो सागसब्जीमध्ये फर्सीको मुन्टामा अझ विशेष गुण हुन्छ । जुन मानव स्वास्थ्यका लागि निकै लाभदायी हुन्छ ।

त्यसो त फर्सी पनि खानु हाम्रो स्वास्थ्यको लागि निकै नै लाभकारी हो । तर, फर्सीको पात वा मुन्टा खानाले हामी विभिन्न रोगबाट जोगिन सक्छौँ । फर्सीको पातको साग वा फर्सीको मुन्टा खानुको फाइदाबारे सबैलाई थाहा नहुन सक्छ ।

फर्सीको साग विभिन्न पौष्टिक तत्त्वले भरिएको हुन्छ । फर्सीको मुन्टा भिटामिन ई, सी, ए, बी-६, पोेटासियम, फोलिक एसिड, क्याल्सियम, कपर, प्रोटिन, म्याग्नेशियम, आइरन, फाइबर, फस्फोरस जस्ता खनिज पदार्थको राम्रो स्रोत  हो । मानव स्वास्थ्यलाई स्वस्थ राख्नको लागि शरीरमा यी सबै खनिज तथा पौष्टिक तत्त्वको आवश्यकता पर्दछ ।

युएसडीए नेशनल न्युट्रिएन्टको अध्ययन अनुसार फर्सीको पातमा यति धेरै गुणहरु हुन्छ कि जसले खतरनाक रोगबाट जोगिन मद्दत गर्छ । फर्सीको साग आफ्नो नियमित भोजनमा खानुहुन्छ भने उच्च रक्तचाप, कोलेस्ट्रोल, क्यान्सर जस्ता खतरनाक रोगबाट सुरक्षित बन्न सकिने चिकित्सकहरू बताउँछन् ।

फर्सीको मुन्टा खानुका फाइदा

फर्सीको पातमा पाइने एन्टी–अक्सीडेन्टले बढ्दै गरेको उमेरलाई छेक्दै जवान देखाउनमा सहयोगी हुन्छ । मानिसहरुमा उच्च कोलेस्ट्रोलको समस्याले पीडा दिएको हुन्छ । तर, कोलेस्ट्रोलको समस्याबाट राहत पाउनका लागि फर्सीको मुन्टाको साग भने निकै उत्तम मानिन्छ । फर्सीको पातमा पाइने फाइबरले कोलेस्ट्रोललाई नियन्त्रण गर्नुका साथै तपाईँको मुटुलाई पनि स्वस्थ राख्नमा सहयोग पुर्‍याउँछ ।

त्यस्तै फर्सीको मुन्टाको साग खाँदा आँखा तेजिलो बन्छ । फर्सीको पातमा भिटामिन ए प्रशस्त मात्रामा पाइन्छ । जुन हाम्रो आँखाको लागि राम्रो मानिन्छ । यसले प्रजनन क्षमतामा समेत वृद्धि गर्ने गर्छ । फर्सीको मुन्टाको सागले नष्ट भएको टेस्टीकुलर र स्पर्म बन्ने प्रक्रियालाई मद्दत पुर्‍याउँछ । जसको मद्दतले प्रजनन क्षमतामा वृद्धि हुन्छ ।

फाइबर गुणले भरिपूर्ण फर्सीको मुन्टाको सेवनले ब्जियतबाट राहत पाउन सकिन्छ । यसले दिसालाई नरम पार्नुका साथै दिसा पास गर्न सजिलो बनाउँछ ।

त्यस्तै, छालाका सुन्दर बनाऊँ पनि फर्सीको मुन्टा विशेष मानिन्छ । फर्सीको पातमा पर्याप्त मात्रामा भिटामीन सी पाइन्छ । जुन तपाईँको छालाको लागि फाइदाजनक हुन्छ ।

भिटामीन सी ले छालामा भएको मृत तन्तुलाई जीवित बनाउन मद्दत गर्नुका साथै छालालाई स्वस्थ बनाइ राख्छ । यसले मधुमेह रोग नियन्त्रणमा पनि मद्दत पुर्‍याउँछ । फर्सीको मुन्टामा हाइपोग्लिसिएमिक नामक तत्त्व हुन्छ जसले ग्लुकोजको मात्रालाई कम गर्नमा मद्दत गर्छ ।

त्यति मात्र नभएर फर्सीको मुन्टामा खतरनाक रोग क्यान्सरलाई समेत निको पार्ने गुण हुन्छ । फर्सीको पातमा पाइने फाइबरले क्यान्सर कोशिकाहरूलाई रोक्नमा मद्दत पुर्‍याउने चिकित्सकहरू बताउँछन् । यसले  पाचन प्रणालीलाई स्वस्थ राख्छ, पाचन प्रणाली स्वस्थ हुनु भनेको अधिकांश रोगबाट छुटकार पाउनु पनि हो । एजेन्सीबाट साभार

प्रकाशित मिति : १९ असार २०८२, बिहिबार  १ : ०३ बजे

इनम सापकोटासँग चिनजान, सम्पर्क र संलग्नता छैन : प्रधानन्यायाधीश शर्मा

काठमाडौं- प्रधानन्यायाधीश डा. मनोजकुमार शर्माले बिचौलिया भनिएका इनम सापकोटासँग आफ्नो

विश्वप्रकाशको आग्रह : कांग्रेसभन्दा पहिले देश भन्ने सिद्धान्त र मनोविज्ञानलाई केन्द्रमा राखेर अघि बढौँ

काठमाडौं– नेपाली कांग्रेसका वरिष्ठ उपसभापति विश्वप्रकाश शर्माले कांग्रेसभन्दा पहिले देश

प्रेस स्वतन्त्रता अक्षुण्ण राख्दै आमसञ्चार क्षेत्रलाई व्यवस्थित बनाउनुपर्छ : मन्त्री तिमिल्सिना

काठमाडौँ– सूचना तथा सञ्चारमन्त्री डा विक्रम तिमिल्सिनाले प्रेस स्वतन्त्रतालाई अक्षुण्ण

कर्णालीले जित्यो टस, पहिलो फिल्डिङ गर्दै

काठमाडौं- नेपाल प्रमियर लिग एनपीएलअन्तर्गत बिहीबारको दोस्रो खेलमा कर्णाली याक्सले

पाकिस्तानमा एम्बुलेन्सभित्र सिलिन्डर विस्फोट, आठको मृत्यु

एजेन्सी– पाकिस्तानको दक्षिणी सिन्ध प्रान्तमा बुधबार राति एम्बुलेन्सभित्र अक्सिजन सिलिन्डर