आगलागीबाट प्रभावितलाई राहत वितरण « Khabarhub

आगलागीबाट प्रभावितलाई राहत वितरण


१९ असार २०८२, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


21
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- नेपाल–भारत मैत्री सङ्घले बाजुराको बूढीगङ्गा नगरपालिका–६ बाम्का बजारमा गत जेठ २३ गते भएको आगलागीबाट प्रभावित ४० घरपरिवारलाई   राहत सामग्री वितरण गरेको छ।

सुदूरपश्चिम प्रदेश मैत्री सङ्घको समन्वयमा पीडित परिवारलाई खाद्यान्न र अत्यावश्यक सामग्री बुधबार प्रदान गरिएको सङ्घका केन्द्रीय उपाध्यक्ष हरिशंकर ठाकुरले जानकारी दिए।

उक्त वडाका वडाध्यक्ष भवनसिंह केसीको उपस्थितिमा प्रत्येक परिवारलाई एक बोरा चामल, दुई केजी दाल, एक केजी चिनी, एक दर्जन नुहाउने साबुन, सरफ एक प्याकेट, कम्बल एक थान र त्रिपाल एक थान प्रदान गरिएको उपाध्यक्ष ठाकुरले जानकारी दिए ।

विपत्तिपछि प्रभावित परिवारको दैनिक जीवन सहज बनोस् भन्ने उद्देश्यसहित राहत सामग्री सहयोग गरिएको सङ्घले जनाएको छ ।
 

प्रकाशित मिति : १९ असार २०८२, बिहीबार  १२ : ५५ बजे

रविभन्दा कुलमानसँग सहकार्य नजिक छन् बालेन

काठमाडौं – प्रधानमन्त्री सुशीला कार्कीले फागुन २१ गते निर्वाचन हुने

घार र मह बेचेर मनग्य आम्दानी

लेखनाथ – महको मूल्य र माग बढ्दै गएपछि पछिल्ला वर्षहरुमा

कांग्रेस कार्यसम्पादन समितिको बैठक शुक्रबार पुनः बस्ने

ललितपुर – नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक शुक्रबार दिउँसो

मुलुक समृद्ध बनाउन नयाँ पुस्ता एकताबद्ध हुनुपर्छः उर्जामन्त्री घिसिङ

काठमाडौं – ऊर्जामन्त्री कुलमान घिसिङले देशलाई समृद्धि, सुशासन र न्यायको

निर्वाचनमा पत्रकारले निष्पक्ष कलम चलाउनुपर्छ: पूर्वनिर्वाचन आयुक्त थपलिया

काठमाडौं – पूर्वनिर्वाचन आयुक्त दिनेश थपलियाले निर्वाचनका बेला पत्रकारले कुनै