यस वर्ष ६० हजार बढीमा डेँगु सङ्क्रमण हुनसक्ने आँकलन « Khabarhub

यस वर्ष ६० हजार बढीमा डेँगु सङ्क्रमण हुनसक्ने आँकलन


१९ असार २०८२, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


45
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– यस वर्ष ६० हजारभन्दा बढीमा डेँगु संक्रमण हुनसक्ने आँकलन गरिएको छ।​

इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाले अन्तरक्रिया कार्यक्रमको आयोजना गर्दै यसबारे जानकारी गराएको हो । अन्तरक्रिया कार्यक्रममा बोल्दै महाशाखाको किटजन्य शाखाका प्रमुख डा. गोकर्ण दाहालले डेँगु फैलने समय आएकोले जति बेला पनि जुनसुकै ठाउँमा डेँगु सङ्क्रमण तीब्र गतिमा फैलिने हुँदा सचेत हुन आग्रह गरे ।

उनका अनुसार साउनदेखि कात्तिक अन्तिमसम्म अत्यधिक मात्रमा डेँगु संक्रमण बढ्ने उच्च जोखिम छ । उनले हालसम्म ७३ जिल्लाबाट १ हजार ६ सयको हाराहारीमा डेँगु संक्रमण पुष्टि भएको बताए । उनले बिरामीमा लक्षण नदेखिने, डेँगु परीक्षण नगर्ने र परीक्षण भएपनि रिपोर्ट नदिने कारणले डेँगु संक्रमणको तथ्याङ्क कम देखिएको बताए । 

उनले डेँगु संक्रमण बढ्ने अनुमान गरी आवश्यक कार्ययोजना बनाई कार्यान्वयनको चरणमा गइसकेको समेत बताए । उनले डेँगु नियन्त्रणका लागि सबैभन्दा ठूलो भूमिका स्थानीय तहको भएको उल्लेख गर्दै स्थानीय तहहरूसँग समेत आवश्यक समन्वय र सहकार्य भइरहेको बताए ।

प्रकाशित मिति : १९ असार २०८२, बिहीबार  १ : ३४ बजे

अरूको बैंक खाता प्रयोग गर्ने तीन महिला पक्राउ

झापा । आर्थिक रूपमा कमजोर तथा मजदुरी गरेर जीविका चलाउने

हानि र नोक्सानी सम्बोधन कोषले पठायो नेपालको पत्रको जवाफ

काठमाडौं । संयुक्त राष्ट्रसंघीय जलवायु परिवर्तनसम्बन्धी प्रारुप महासन्धिअन्तर्गतको हानि र

रसुवा बाढी : जलविद्युत आयोजनामा कार्यरत ९१६ जना सम्पर्कविहीन

काठमाडौं । भदौ १० गते रसुवाको भोटेकाटी हुँदै त्रिशूली नदीमा

इच्छाराज तामाङलाई साढे ५ वर्ष कैद र ५० हजार जरिबाना

काठमाडौँ – सिभिल सहकारीका सञ्चालक इच्छाराज तामाङलाई साढे ५ वर्ष

विपद्को समयमा सबैको साथ र सहयोग आवश्यक छ: प्रचण्ड

काठमाडौँ- नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का संयोजक एवं पूर्वप्रधानमन्त्री पुष्पकमल