दुर्गम क्षेत्र र पछाडि पारिएको समुदायबाट एसईई गरेका दुई जनालाई छात्रवृत्तिमा पढाइने « Khabarhub

दुर्गम क्षेत्र र पछाडि पारिएको समुदायबाट एसईई गरेका दुई जनालाई छात्रवृत्तिमा पढाइने


१९ असार २०८२, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


93
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपाली कांग्रेसका सांसद राजेन्द्र बजगाईंले दुर्गम क्षेत्र र पछाडि पारिएको समुदायबाट एसईई उत्तीर्ण गरेका दुई जनालाई छात्रवृत्तिमा पढाइने बताएका छन् । 

उनले एक्स (ट्विटर) मा पोस्ट गर्दै उच्च शिक्षामा अवसर खोज्दै गरेका विपन्न तथा दुर्गम क्षेत्रका विद्यार्थीहरूका लागि छात्रवृत्तिको अवसर भएको बताएका हुन् । 

बजगाईंले काठमाडौंमा विज्ञान तथा व्यवस्थापन विषयमा अध्ययन गराउने एक प्रतिष्ठित कलेजका सञ्चालकले दुई जना योग्य विद्यार्थीहरूका लागि पूर्ण छात्रवृत्ति सीट उपलब्ध गराउने पनि उल्लेख गरेका छन् । 

‘तपाईँलाई यस्तो विद्यार्थीको जानकारी छ– विशेषगरी दुर्गम क्षेत्र वा पछाडि पारिएको समुदायबाट जसले एसईई उत्तीर्ण गरेका छन् र उच्च शिक्षामा अवसर खोज्दैछन् भने, कृपया विद्यार्थीको विवरण छिटोभन्दा छिटो इमेल ठेगानामा पठाउनुहोस्,’ उनले लेखेका छन् । 

सांसद बजगाईंलाई [email protected]मा विवरण उपलब्ध गराउन सकिने छ । उनले छात्रवृत्ति उपलब्ध गराउने काठमाडौंको क्याम्पसको नाम भने खुलाएका छैनन् ।

प्रकाशित मिति : १९ असार २०८२, बिहीबार  १ : ४८ बजे

भोलि खुलामञ्चमै कांग्रेस केन्द्रीय समिति बैठक

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक सोमबार बिहान १०

रक्षा बमको कटाक्ष : धन्न जेनजीहरूले रगत बगाइदिए, प्रधानमन्त्री हुन पाए

काठमाडाैं – प्रधानमन्त्री बालेन्द्र शाह (बालेन)को टिप्पणीप्रति जेनजी अभियन्ता रक्षा

बालेनलाई सचिनको जवाफ : ‘धन्न कांग्रेसले लोकतन्त्र स्थापना गरेछ, टिप्पणी गर्न पाएका छन्’

काठमाडाैं – नेपाली कांग्रेसका युवा नेता सचिन तिमिल्सिनाले प्रधानमन्त्री बालेन्द्र

यस्तो छ कांग्रेसको निर्वाचन कार्यक्रम, मनोनयन दर्ता मंगलबार

काठमाडौं । नेपाली कांग्रेसले निर्वाचन कार्यक्रम सार्वजनिक गरेको छ  ।

गगनको अभिव्यक्तिपछि बालेनले भने : ‘धन्न खुलामञ्च राम्रो बनाइएछ’

काठमाडाैं – प्रधानमन्त्री बालेन्द्र शाह (बालेन)ले नेपाली कांग्रेसको १५औँ महाधिवेशन