१५औँ महाधिवेशन ०८२ मंसिर भित्रै सम्पन्न हुनुपर्छ : अर्जुननरसिंह केसी  « Khabarhub

१५औँ महाधिवेशन ०८२ मंसिर भित्रै सम्पन्न हुनुपर्छ : अर्जुननरसिंह केसी 


१९ असार २०८२, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


90
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपाली कांग्रेसका नेता अर्जुनरसिंह केसीले पार्टीको १५ औँ महाधिवेशन ०८२ मंसिर भित्रै सम्पन्न हुनुपर्ने बताएका छन् । कांग्रेस केन्द्रीय कार्यसमितिको बिहीबारको बैठकमा धारणा राख्ने क्रममा उनले महाधिवेशनको निश्चित तिथि जारी बैठकबाटै तोकिनु पर्ने बताए ।    

‘०८२ मंसिरभित्रै महाधिवेशन सम्पन्न होस्,’ केन्द्रीय सदस्य केसीले भने, ‘त्यसको निश्चित तिथि यही बैठकबाट तोकिनु अनिवार्य भएको छ ।’ 

सभापति शेरबहादुर देउवाले महाधिवेशन समयमै हुने सार्वजनिक अभिव्यक्ति दिने गरेको स्मरण गर्दै उनले समयमै भनिएको समय कहिले हो भन्दै प्रश्न गरे । 

‘बारम्बार केन्द्रीय कार्यसमिति तथा सार्वजनिक रूपबाट समयमै महाधिवेशन हुने अभिव्यक्ति सभापतिजीले दिँदै आउनु भएको छ । त्यो भनिएको समय कहिले हो ?,’ केसीले प्रश्न गरे, ‘त्यो समय ०८२ मंसिर भित्र हो कि ०८३ मंसिर हो ? वा देशको संविधानले दिएको ६ महिना र विशेष परिस्थिति पनि कुर्ने हो ?’ 

केसीले निर्वाचनपछि महाधिवेशन गर्ने कुरासमेत उठ्ने गरेको भन्दै उक्त विषय संविधान र कानुनी रूपबाट सम्भव नै नभएको जिकिर गरे । 

‘कहिलेकहीँ निर्वाचनपछि महाधिवेशन गर्ने कुरा पनि उठ्छ । त्यो त संविधान र कानुनी रूपबाट सम्भवै छैन,’ केसीले भने, ‘यस्तो गर्दा पार्टीको वैधानिकतामाथि नै संकट आइपर्ने हेक्का राख्नु पर्ने जरुरी छ ।’

प्रकाशित मिति : १९ असार २०८२, बिहीबार  २ : २५ बजे

मैत्रीपूर्ण फुटबल खेल्न पूर्वकप्तानहरु सुर्खेतमा

कर्णाली– नेपाली राष्ट्रिय फुटबल टोलीका पूर्वकप्तानहरु कर्णाली प्रदेशको राजधानी सुर्खेतमा

केही भूभागमा मध्यमदेखि ठूलो वर्षाको सम्भावना

काठमाडौँ– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल

सूर्यविनायक पूर्ण खोप सुनिश्चितता नगर घोषणा

भक्तपुर– भक्तपुरको सूर्यविनायक नगरपालिकाले शुक्रबार नगरलाई पूर्णखोप सुनिश्चितता तथा दिगोपना

हत्या आरोपमा एकै घरका तीन जना पक्राउ

खोटाङ– खुकुरी प्रहारबाट दिप्रुङ चुइचुम्मा गाउँपालिका–१ याम्खास्थित मोरियाका ३८ वर्षीय

दाउन्नेको सास्ती हट्यो, सहज बन्दै यात्रा

नवलपरासी– गत वर्षसम्म सामान्य वर्षा हुँदा पनि घण्टौँ सवारीसाधन जाम