‘कांग्रेस नसच्चिए ०८४ को निर्वाचनमा जे पनि हुन सक्छ’ « Khabarhub

‘कांग्रेस नसच्चिए ०८४ को निर्वाचनमा जे पनि हुन सक्छ’


१९ असार २०८२, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


201
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपाली कांग्रेसकी केन्द्रीय सदस्य ईश्वरी न्यौपानेले कांग्रेस नसच्चिए ०८४ को निर्वाचनमा जे पनि हुने सक्ने बताएकी छन् । कांग्रेस केन्द्रीय कार्यसमितिको बिहीबारको बैठकमा धारणा राख्ने क्रममा उनले पार्टी नसच्चिए आगामी ०८४ को निर्वाचनमा जे पनि हुन सक्ने बताएकी हुन् । 

‘आज कांग्रेसले कांग्रेसलाई जताततै गाली गरिरहेको छ । एकले अर्कालाई गाली गर्न छाडौँ । अनुशासन छैन हामीमा ?,’ न्यौपानेको भनाइ उद्धृत गर्दै एक केन्द्रीय सदस्यले भने, ‘यस्तै हुने हो भने अब आउने ०८४ को चुनावमा जे पनि हुन सक्छ । तर, हामी एक हुने हो भने ०८४ को चुनाव कांग्रेसकै हो ।’

सांसदसमेत रहेकी नेतृ न्यौपानेले चित्त नबुझेका कुराहरू भन्न पाउने भए पनि पार्टीका नेताहरूलाई सामाजिक सञ्जालमा लखेट्न नहुने पनि बताइन् ।

 ‘चित्त नबुझेको कुरा भन्नुपर्ने हुन्छ तर दलका साथीहरूलाई सामाजिक सञ्जालमा उडाउने ?,’ उनले बैठकमा भनिन् ।

प्रकाशित मिति : १९ असार २०८२, बिहीबार  ३ : ३९ बजे

भोलि खुलामञ्चमै कांग्रेस केन्द्रीय समिति बैठक

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक सोमबार बिहान १०

रक्षा बमको कटाक्ष : धन्न जेनजीहरूले रगत बगाइदिए, प्रधानमन्त्री हुन पाए

काठमाडाैं – प्रधानमन्त्री बालेन्द्र शाह (बालेन)को टिप्पणीप्रति जेनजी अभियन्ता रक्षा

बालेनलाई सचिनको जवाफ : ‘धन्न कांग्रेसले लोकतन्त्र स्थापना गरेछ, टिप्पणी गर्न पाएका छन्’

काठमाडाैं – नेपाली कांग्रेसका युवा नेता सचिन तिमिल्सिनाले प्रधानमन्त्री बालेन्द्र

यस्तो छ कांग्रेसको निर्वाचन कार्यक्रम, मनोनयन दर्ता मंगलबार

काठमाडौं । नेपाली कांग्रेसले निर्वाचन कार्यक्रम सार्वजनिक गरेको छ  ।

गगनको अभिव्यक्तिपछि बालेनले भने : ‘धन्न खुलामञ्च राम्रो बनाइएछ’

काठमाडाैं – प्रधानमन्त्री बालेन्द्र शाह (बालेन)ले नेपाली कांग्रेसको १५औँ महाधिवेशन