'कांग्रेस नसच्चिए ०८४ को निर्वाचनमा जे पनि हुन सक्छ' | Khabarhub Khabarhub

‘कांग्रेस नसच्चिए ०८४ को निर्वाचनमा जे पनि हुन सक्छ’


१९ असार २०८२, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


201
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपाली कांग्रेसकी केन्द्रीय सदस्य ईश्वरी न्यौपानेले कांग्रेस नसच्चिए ०८४ को निर्वाचनमा जे पनि हुने सक्ने बताएकी छन् । कांग्रेस केन्द्रीय कार्यसमितिको बिहीबारको बैठकमा धारणा राख्ने क्रममा उनले पार्टी नसच्चिए आगामी ०८४ को निर्वाचनमा जे पनि हुन सक्ने बताएकी हुन् । 

‘आज कांग्रेसले कांग्रेसलाई जताततै गाली गरिरहेको छ । एकले अर्कालाई गाली गर्न छाडौँ । अनुशासन छैन हामीमा ?,’ न्यौपानेको भनाइ उद्धृत गर्दै एक केन्द्रीय सदस्यले भने, ‘यस्तै हुने हो भने अब आउने ०८४ को चुनावमा जे पनि हुन सक्छ । तर, हामी एक हुने हो भने ०८४ को चुनाव कांग्रेसकै हो ।’

सांसदसमेत रहेकी नेतृ न्यौपानेले चित्त नबुझेका कुराहरू भन्न पाउने भए पनि पार्टीका नेताहरूलाई सामाजिक सञ्जालमा लखेट्न नहुने पनि बताइन् ।

 ‘चित्त नबुझेको कुरा भन्नुपर्ने हुन्छ तर दलका साथीहरूलाई सामाजिक सञ्जालमा उडाउने ?,’ उनले बैठकमा भनिन् ।

प्रकाशित मिति : १९ असार २०८२, बिहीबार  ३ : ३९ बजे

एमाले नेता झपट रावलको प्रस्ताव : पुरानो नेतृत्वले कार्यकारी भूमिका छोडेर पार्टी पुन:निर्माण गरौँ

काठमाडौँ- नेकपा (एमाले) का केन्द्रीय कमिटी सदस्य झपटबहादुर रावलले भदौ

टिपरको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

काठमाडौं– काठमाडौँको बनस्थलीमा टिपरको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु भएको छ

आयोजना कटौती गरी एक खर्ब स्रोत जुटाउन सकिन्छ : अर्थमन्त्री खनाल

काठमाडौं– नवनियुक्त अर्थमन्त्री डा. रामेश्वर खनालले राजनीतिक दबाबमा बजेटमा परेका, तयारी

कर्मचारीलाई अर्थमन्त्रीले भने : हामी सँच्चिनुको विकल्प छैन

काठमाडौँ- नवनियुक्त अर्थमन्त्री रामेश्वर खनालले सोमबार अर्थ मन्त्रालयमा पदभार ग्रहण