संविधानमा भएका महत्त्वपूर्ण कुरालाई उल्टाउने प्रयास भइरहेको छ : प्रचण्ड « Khabarhub

संविधानमा भएका महत्त्वपूर्ण कुरालाई उल्टाउने प्रयास भइरहेको छ : प्रचण्ड


१९ असार २०८२, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


69
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले संविधानमा भएका महत्त्वपूर्ण कुरालाई उल्टाउने प्रयास भइरहेको बताएका छन् ।  

बिहीबार काठमाडौंमा प्रज्ञा प्रतिष्ठानद्वारा प्रकाशित दुर्गा नारायण ढकालको कृति समाजवादी दर्शनको रुपरेखा लोकार्पण गर्दै प्रचण्डले प्रतिक्रियावादीलाई अनुकूल बनाउन संविधानमा भएका महत्त्वपूर्ण कुरालाई उल्टाउने प्रयास भइरहेको बताएका हुन् ।

प्रचण्डले जनवादी प्रचार गर्दा संसदीय व्यवस्था भनेको खसीको टाउको झुन्ड्याएर कुकुरको मासु बेच्ने सिस्टम हो भनेर प्रचार गरिएको उल्लेख गर्दै अहिले संसदमा त्यस्तै देखिएको जिकिर गरे ।

समितिको प्रतिवेदनमा भइरहेका छेडखानीले बाहिर देखाउने एउटा र भित्र अर्कै खेल हुने गरेको पुष्टि भएको उनले बताए । प्रचण्डले आफ्नो नेतृत्वमा प्रत्येक पटक सरकार बन्दा समाजवादतर्फ देशलाई लैजान बल गरेको भन्दै बुद्धिजीवीले त्यस कुरालाई बुझ्न नसकेको आरोप लगाए ।   

प्रचण्डले समाजवादको बहस गर्ने सबै प्रकारका फोरमलाई स्वागत गर्नुपर्ने उल्लेख गरे । 

प्रकाशित मिति : १९ असार २०८२, बिहीबार  ४ : ११ बजे

भोलि खुलामञ्चमै कांग्रेस केन्द्रीय समिति बैठक

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक सोमबार बिहान १०

रक्षा बमको कटाक्ष : धन्न जेनजीहरूले रगत बगाइदिए, प्रधानमन्त्री हुन पाए

काठमाडाैं – प्रधानमन्त्री बालेन्द्र शाह (बालेन)को टिप्पणीप्रति जेनजी अभियन्ता रक्षा

बालेनलाई सचिनको जवाफ : ‘धन्न कांग्रेसले लोकतन्त्र स्थापना गरेछ, टिप्पणी गर्न पाएका छन्’

काठमाडाैं – नेपाली कांग्रेसका युवा नेता सचिन तिमिल्सिनाले प्रधानमन्त्री बालेन्द्र

यस्तो छ कांग्रेसको निर्वाचन कार्यक्रम, मनोनयन दर्ता मंगलबार

काठमाडौं । नेपाली कांग्रेसले निर्वाचन कार्यक्रम सार्वजनिक गरेको छ  ।

गगनको अभिव्यक्तिपछि बालेनले भने : ‘धन्न खुलामञ्च राम्रो बनाइएछ’

काठमाडाैं – प्रधानमन्त्री बालेन्द्र शाह (बालेन)ले नेपाली कांग्रेसको १५औँ महाधिवेशन