केपी ओलीलाई रियल मड्रिडमा ७ नम्बरको जर्सी ! « Khabarhub

केपी ओलीलाई रियल मड्रिडमा ७ नम्बरको जर्सी !


१९ असार २०८२, बिहिबार  

पढ्न लाग्ने समय : 2 मिनेट


348
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- प्रधानमन्त्री केपी शर्मा ओलीलाई चर्चित स्पेनिस फुटबल क्लब रियल मड्रिडले ७ नम्बरको जर्सी दिएर सम्मान गरेको छ।

बिहीबार रियल मड्रिडको सान्टियागो बर्नाबाउ रंगशालामा पुगेका ओलीलाई चर्चित फुटबलर क्रिस्टियानो रोनाल्डोले लगाउने ७ नम्बरको जर्सी दिएर स्वागत गरिएको हो ।

ओ‌लीलाई नवनिर्मित अत्याधुनिक सान्टियागो बर्नाबाउ रंगशालामा रियल मड्रिडका न्तर्राष्ट्रिय निर्देशक पेद्रो मार्टिन दे मिगेलले ७ नम्बरको जर्सी दिएर स्वागत गरेका हुन् ।

रोनाल्डोले क्लब छाडेपछि अहिले उक्त ७ नम्बरको जर्सी ब्राजिलियन फरवार्ड भिनिसियस जुनियरले लगाउने गरेका छन् ।

प्रधानमन्त्री ओलीलाई क्लबका अन्तर्राष्ट्रिय निर्देशक पेद्रो मार्टिन दे मिगेलले स्वागतससिहत अत्याधुनिक रंगशालाको भ्रमण गराएका थिए ।

प्रधानमन्त्री ओली संयुक्त राष्ट्रसंघको विकासको लागि वित्त (फाइनान्सिङ फर डेभलपमेन्ट) चौथो अन्तर्राष्ट्रिय सम्मेलनमा सहभागी हुन गत असार १४ गते स्पेनतिर गएका थिए । उनले त्यहाँ संयुक्त राष्ट्रसंघको विभिन्न कार्यक्रम र अल्पविकसित मुलुकको बैठकको अध्यक्षता पनि गरे ।

तस्बिरहरू : दिनेश भण्डारी/प्रधानमन्त्रीको सचिवालय

प्रकाशित मिति : १९ असार २०८२, बिहिबार  ४ : ०६ बजे

विभिन्न जिल्लामा सवारी दुर्घटना : ६ जनाको मृत्यु

काठमाडौं – देशका विभिन्न जिल्लामा भएका छुट्टाछुट्टै सवारी दुर्घटनामा ६

इरानले अमेरिकीहरूलाई निसाना बनाउने प्रयास बढाएको अमेरिकी गुप्तचर प्रमुखको दावी

वासिङ्टन – इरानले मध्यपूर्व र त्यसभन्दा बाहिर अमेरिकीहरूलाई निसाना बनाउने

तनहुँको जामुनेमा तीन वटा सवारी साधन ठोक्किए

दमौली (तनहुँ)- पृथ्वीराजमार्ग अन्तर्गत तनहुँको म्याग्दे गाउँपालिका–२ जामुनेस्थित पृथ्वीराजमार्गमा आज

इरानमाथि फेरि आक्रमण गर्ने ट्रम्पको सङ्केत

वाशिङ्टन- अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानविरुद्ध पुनः सैन्य कारबाही हुन

२४ घण्टामा देशभर २० विपद्का घटना, आठ जना घाइते

काठमाडौँ- देशभर पछिल्लो २४ घण्टामा विभिन्न प्रकृतिका २० वटा विपद्का