केन्द्रीय महाधिवेशन प्रतिनिधिलाई प्रदेश कार्यसमितिमा चुनाव लड्न नपाउने व्यवस्था गरौँ : उर्मिला थपलिया  « Khabarhub

केन्द्रीय महाधिवेशन प्रतिनिधिलाई प्रदेश कार्यसमितिमा चुनाव लड्न नपाउने व्यवस्था गरौँ : उर्मिला थपलिया 

केन्द्रीय समिति र आम चुनावमा ४० मुनिका युवा २० प्रतिशत अनिवार्य  गरौँ ।


१९ असार २०८२, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


783
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपाली कांग्रेसकी केन्द्रीय सदस्य उर्मिला थपलियाले केन्द्रीय महाधिवेशन प्रतिनिधिलाई प्रदेश कार्यसमितिमा निर्वाचन लड्न नपाउने व्यवस्था गर्नुपर्ने बताएकी छन् । 

केन्द्रीय कार्यालय सानेपामा जारी बैठकमा उनले केन्द्रीय महाधिवेशन प्रतिनिधिले प्रदेश अधिवेशनमा  भाग लिन पाउने तर चुनाव लड्न नपाउने व्यवस्था गर्नुपर्ने बताइन् । प्रदेश प्रतिनिधिहरू नै प्रदेश कार्यसमितिमा आउनुपर्ने उनको धारणा छ । 

केन्द्रीय सदस्य थपलियाले पार्टीमा युवा प्रतिनिधित्व बढाउन पनि माग गरिन् । त्यसका लागि पार्टी केन्द्रीय समिति, संघ, प्रदेश र स्थानीय तहको निर्वाचनमा पार्टीबाट उम्मेदवार छान्दा ४० वर्ष मुनिका २० प्रतिशत युवा अनिवार्य गर्न प्रस्ताव गरिन् ।

त्यस्तै थपलियाले पार्टीको वडा कार्यसमितिलाई मजबुत बनाउन केन्द्रले छुट्टै कार्यक्रम ल्याउनुपर्ने सुझाव दिएकी छन् । ` खल्तीबाट बजेट हाल्ने सिस्टम गलत छ । आयोजना बैंक बनाएर आवश्यकताअनुसार बजेट हाल्ने गर्नुपर्छ । यसो भएमा बिचौलिया  र कर्मचारीतन्त्र हाबी हुन  रोकिन्छ,´ बैठकमा उनले भनिनन् । 

त्यस्तै भातृसंस्थाका बारेमा बोल्दै  नेविसंघ पूर्वमहामन्त्री समेत रहेकी थपलियाले भातृ तथा  शुभेच्छुक संस्थाको अधिवेशन २/२ वर्षमा अधिवेशन अनिवार्य  गरौँ । नियमित अधिवेशन हुन नसके सम्बन्धित तहका पार्टी  नेतृत्वले समय अवधिमा अधिवेशन नभए नेतृत्व चयन गर्न सक्ने व्यवस्था गर्नुपर्ने धारणा राखिन् ।

प्रकाशित मिति : १९ असार २०८२, बिहीबार  ५ : ०४ बजे

हत्या आरोपमा एकै घरका तीन जना पक्राउ

खोटाङ– खुकुरी प्रहारबाट दिप्रुङ चुइचुम्मा गाउँपालिका–१ याम्खास्थित मोरियाका ३८ वर्षीय

दाउन्नेको सास्ती हट्यो, सहज बन्दै यात्रा

नवलपरासी– गत वर्षसम्म सामान्य वर्षा हुँदा पनि घण्टौँ सवारीसाधन जाम

शनिबारका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण

काठमाडौँ– नेपाल राष्ट्र बैङ्कले शनिबारका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण

बेल्जियमलाई हराउँदै स्पेन सेमिफाइनलमा प्रवेश

काठमाडौँ– फिफा विश्वकप फुटबलमा स्पेन सेमिफाइनलमा प्रवेश गरेको छ ।

आज २०८३ साल असार २७ गते शनिबारको राशिफल

काठमाडौँ – २०८३ साल असार २७ गते शनिबार सन् २०२६