मटिहानी नगरभित्रका सडक कालोपत्र गरिँदै « Khabarhub

मटिहानी नगरभित्रका सडक कालोपत्र गरिँदै


१९ असार २०८२, बिहीबार  

पढ्न लाग्ने समय : 2 मिनेट


54
Shares
  • change font
  • change font
  • change font

महोत्तरी– मटिहानी नगरपालिका-४ र ५ का मझौरा, बिसनपुर र गोबरौरा बस्तीका सडकमा तीव्र गतिमा कालोपत्र भइरहेको छ । विकासको अवसरबाट पर रहेका यहाँका सर्वसाधारण बस्तीमा धमाधम सडक कालोपत्र हुन थालेपछी खुसी भएका छन् ।

‘देखियौँ, हमरो गाममें सडक पिच बैनरहल अई’ (हाम्रो बस्तीको सडक पनि कालोपत्र हुँदैछ) धमाधम कालोपत्रे भइरहेको सडकतिर देखाउँदै मटिहानी-४ का चन्देश्वर रजकले भने, ‘आब गामक रूख बदैलगेल’ (अब बस्तीको रूप बदलियो) । 

सडक कालोपत्र हुन थालेपछि यी बस्तीका बासिन्दा खुसी देखिन थालेका छन् ।

बिसनपुरका इशाक कवारीले भने, ‘इन्तजार कर परैछै, सबके दिन अबैछै’ (पर्खन पर्दो रहेछ, सबका दिन आउँदा रहेछन्) ।

 कालोपत्र हुन थालेपछि बस्तीको सौन्दर्य बढेसँगै आपूmहरूको जीवन सहज हुने उहाँले विश्वास व्यक्त गरे। गोबरौराका शिव साहले सडक कालोपत्र भएसँगै कृषि उपज बजारसम्म पुर्‍याउन सहज हुनुका साथै व्यापार बढ्ने बताए।

सङ्घीय सरकार मातहतको सहरी विकास तथा भवन निर्माण विभागको सघन सहरी विकास कार्यक्रमअन्तर्गत मटिहानी–४ को मझौरा प्रवेशद्वारबाट बिसनपुर हुँदै मटिहानी–५ को गोबरौरासम्मको चार किलोमिटर सडकमा कालोपत्र गर्न थालिएपछि बस्तीका बासिन्दा खुसी छन् ।

कृषि उत्पादन सजिलै बजार पुग्ने र आपत्विपद्मा शीघ्र गन्तव्यमा पुगिने नगरप्रमुख हरिप्रसाद मण्डलले बताए। कालोपत्र सम्पन्न भएपछि करिब १५ हजार जनसङ्ख्या लाभान्वित हुने उनले जानकारी दिए । 

सहरी विकास तथा भवन निर्माण विभागले करअतिरिक्त नगरपालिकालाई उपलब्ध गराएको २७ करोड ९९ लाख ७४ हजार ५७७ मध्ये मझौरा–बिसनपुर–गोबरौरा सडक कालोपत्रमा चार करोड खर्च हुने नगर कार्यपालिकाका प्राविधिक शाखाका प्रमुख इञ्जिनियर विमलेश साहले बताए । सडक विस्तार तथा कालोपत्र अन्य वडाबस्तीमा पनि गर्दै जाने उनको भनाइ छ ।

वर्षौँदेखि धुलो, हिलो र अव्यवस्थित सडकले यातायात, व्यापार, स्वास्थ्य सेवा र शिक्षाको पहुँचमा सास्ती खेपिरहेका मझौरा, बिसनपुर र गोबरौराका बासिन्दाका लागि सडक कालोपत्र सम्पन्न भएपछि दैनिकी सहज हुने मटिहानी-४ का वडाध्यक्ष अब्दुर गफार राइनले बताए।

कालोपत्रको नियमित अनुगमन गरिरहेका नगरप्रमुख मण्डलले केही दिनभित्र काम सम्पन्न हुने जानकारी दिए । नगरका बस्तीबस्तीसम्म सडक सञ्जाल विस्तार र स्तरोन्नति गर्ने लक्ष्यका साथ नगरले काम गरिरहेको उनको भनाइ छ । 

नगरमा बढेको पूर्वाधार निर्माणले आफ्नो ठाउँ शीघ्र ‘स्मार्ट सिटी’ का रूपमा विकास हुने स्थानीयले अपेक्षा गरेका छन् ।
 

प्रकाशित मिति : १९ असार २०८२, बिहीबार  ४ : ५३ बजे

आइपीएल : कोलकाताको लगातार तेस्रो जित, हैदरावाद ८० रनले पराजित

काठमाडौं – इन्डियन प्रिमियर लिग (आईपीएल) अन्तर्गत भएको खेलमा कोलकाता

ढोलझ्याम्टाको ताल र साकेला गीतले गुञ्जयमान गाउँबस्ती

खोटाङ – किरात समुदायको चाड ‘साकेला उँभौली’ यही वैशाख १८

सुकुम्बासी बस्ती खाली गराउँदा बालबालिकाको शिक्षामा असर नपार्न निजी विद्यालय संगठनहरूको आग्रह

काठमाडौं – उपत्यकासहित देशका विभिन्न नदी किनार तथा जोखिमयुक्त स्थानमा

आईपीएल : गुजरातलाई पञ्जाबले दियो १६५ रनको लक्ष्य

काठमाडाैं – इन्डियन प्रिमियर लिग (आईपीएल) अन्तर्गत आइतबार भएको दोस्रो

‘पर्यटकीय महत्त्व बोकेका क्षेत्रलाई प्रदेश सरकारले प्राथमिकतामा राखेको छ’

कैलाली – सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले सुदूरपश्चिमका ऐतिहासिक, धार्मिक