विदेशी भूमिमा रहेका नेपालीको स्वामित्व राज्यले लिनुपर्छ : श्रममन्त्री  « Khabarhub

विदेशी भूमिमा रहेका नेपालीको स्वामित्व राज्यले लिनुपर्छ : श्रममन्त्री 


१९ असार २०८२, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


30
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री शरतसिंह भण्डारीले विदेशी भूमिमा रहेका नेपाली श्रमिकहरूको स्वामित्व लिनु पर्ने बताएका छन् । 

बिहीबार ललितपुरमा पौरखी नेपालद्वारा आयोजित कार्यक्रम बोल्दै मन्त्री भण्डारीले जुनसुकै माध्यमबाट विदेशी भूमिमा काम गरी रहेका नेपालीहरूको राज्यले स्वामित्व लिनु पर्ने बताएका हुन । 

उनले भने, ‘नेपाली कामदारहरू विभिन्न माध्यमबाट कामको लागि विदेशी भूमिमा पुगेका छन् । कतिपय ठगिएर पुगेका छन्, कतिपय औपचारिक माध्यमबाट गएर लुकेर लामो समय देखि कागजात विहीन भएर बसेका छन् । तिनीहरू सबैलाई कि त राज्यले नेपाली नै होइन भन्नु पर्‍यो, होइन भने स्वामित्व लिनुपर्छ ।’

मन्त्री भण्डारीले गाउँ रित्तो भयो, खाली भयो, गाउँमा बस्ने अवस्था भएन, पलायनको क्रम राखिएन यी विषयमा गम्भीरता पूर्वक समीक्षा हुनुपर्ने बताए ।

 ‘गाउँबाट मान्छे मात्रै पलायन भएका छैनन्’, उनले भने, ‘गाउँमा भएका सानोतिनो पुँजी पनि पलायन हुँदा झन् रोजगारीको अभाव सृजना भएको हो । ’

उनले नेपालको श्रम तथा रोजगारी क्षेत्रमा देखिएका समाधानका लागि सबै पक्ष इमानदार भएर लाग्नुको विकल्प नहरेको जिकिर गर्दै यसलाई व्यवस्थापन गर्न ढिलासुस्ती गर्न नहुने बताए । 

मन्त्री भण्डारीले वैदेशिक रोजगारीमा जानेहरूलाई श्रम स्वीकृति दिनु भन्दा श्रम अनुमति दिनु पर्ने बताए । उनले भने, ‘श्रम स्वीकृति त गन्तव्य देशले जारी गर्ने हो, हामीले त काम गर्न जाने श्रमिकलाई श्रम अनुमति उपलब्ध गराउनु पर्छ । काम गर्न जाने कामदार तयार छन्, कामका लागि लैजाने मुलुक तयार छन् । अनि हामीले रोकेर रोकिन्छ ? ’

उनले अहिले वैदेशिक रोजगारको नाममा एक नेपालीले अर्को नेपालीलाई ठग्ने गरेको घटनाहरू प्रति चिन्ता व्यक्त गर्दै यस्ता ठग, बिचौलिया र एजेन्टहरूलाई तह लगाउन एकद्धार प्रणाली मार्फत श्रम क्षेत्रको सबै सेवा प्रदान गर्न मन्त्रालयले कडा मिहिनेत गरी रहेको जानकारी गराए ।

प्रकाशित मिति : १९ असार २०८२, बिहीबार  ५ : ३३ बजे

च्याउखेतीबाट रोजगारी दिन र मनग्य आम्दानी लिन सफल मङ्गल

अत्तरिया– कैलालीको धनगढी उपमहानगरपालिका–११, जोकैयाका मङ्गल चौधरीले व्यावसायिक च्याउखेती गर्दै

सुकुम्वासीको उचित बन्दोबस्त गर्न सांसदहरूको माग

काठमाडौं– प्रतिनिधिसभाको आजको बैठकमा श्रम संस्कृति पार्टीका सांसद हर्कराज राईले नेपाल–भारत

सभामुखलाई कांग्रेसको प्रश्न : रास्वपासँगको नाभी काट्न सक्नुभएको छैन कि क्या हो ?

काठमाडौं- नेपाली कांग्रेसले सभामुख डोल प्रसाद अर्यालको भूमिकाप्रति प्रश्न उठाएको

अतिविपन्न परिवारलाई सुरक्षित आवास बनाउँदै बागमती सरकार

बागमती– बागमती प्रदेश सरकारले प्रदेशका अतिविपन्न कम्तीमा एक हजार परिवारलाई

बाढीले बगाएको फोक्सिङटार पुल पुनर्निर्माणको पहल

खोटाङ- खोटेहाङ गाउँपालिकाले खोटाङ र उदयपुर जोड्ने सुनकोशीस्थित फोक्सिङटारमा पक्की