अर्थसंक्षेप : चीनबाट हेलिकोप्टर गुडाएर नेपालमा, अन्तिम दिन बढेर बन्द भयो नेप्से र राजश्वमा ४० प्रतिशत सवारीकरको योगदान « Khabarhub

अर्थसंक्षेप : चीनबाट हेलिकोप्टर गुडाएर नेपालमा, अन्तिम दिन बढेर बन्द भयो नेप्से र राजश्वमा ४० प्रतिशत सवारीकरको योगदान


१९ असार २०८२, बिहीबार  

पढ्न लाग्ने समय : 2 मिनेट


1k
Shares
  • change font
  • change font
  • change font

साताको अन्तिम दिन बढेर बन्द भयो नेप्से

साताको अन्तिम दिन नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक वृद्धि भएर बन्द भएको छ । आज नेप्सेमा ९ अर्ब ६४ करोड ५५ लाख ५० हजार रुपैयाँ बराबरको शेयर कारोबार हुँदा नेप्से ९.१४ अंकले बढेको हो ।

आजको कारोबारमा १२२ वटा कम्पनीको शेयर मूल्य वृद्धि भयो भने १२५ वटा कम्पनीको शेयर मूल्यमा गिरावट भयो ।

आज भएको शेयर कारोबारमा होटेल तथा पर्यटन, जलविद्युत, लगानी, लघुवित्त र व्यापार समूह बाहेक अन्यको सूचकमा वृद्धि भयो ।

मटिहानी नगरभित्रका सडक कालोपत्र गरिँदै

दुनाटपरी उद्योगबाट मासिक २५ हजार बचत

उड्ने हेलिकोप्टर चीनबाट गुडाएर कसले ल्याउँदैछ नेपालमा ?

यतिखेर विद्युतीय सामाजिक सञ्जालमा एउटा तस्बिर ‘भाइरल’ भइरहेको छ । सिन्धुपाल्चोकको लार्चास्थित तातोपानी नाकातर्फ चिनियाँ सडकबाट एउटा हेलिकोप्टर टेलरमा लादेर ल्याइएको तस्बिर चर्चामा रहेको हो ।

चिनियाँ अटो कम्पनीहरूले आक्रामक बजार विस्तार गरिरहेको नेपालमा यसअघि उत्तरी नाकाबाट टेलर भरेर विद्युतीय सवारीसाधन (ईभी) ल्याइने गरिएको थियो । तर, बुधबार दिउँसो टेलरमा अड्याएर ल्याइएको हेलिकोप्टरले धेरैको ध्यान ताेनेको छ ।

नेपालको माउन्टेन हेलिकोप्टर प्राइभेट लिमिटेडले उक्त हेलिकोप्टर नेपालतर्फ गुडाएर ल्याएको हो । फ्रान्सेली विमान निर्माता कम्पनी एअरबस निर्मित यो हेलिकोप्टर साङ्सी टेक्नोलोजी कम्पनीबाट खरिद गरी नेपाल भित्र्याउन लागिएको माउन्टेन हेलिकोप्टरका मानव संशाधन विभाग प्रमुख रामचन्द्र भुसालले जानकारी दिए ।

‘फ्रान्समा बनेको र पछिल्लो समय चिनियाँ कम्पनीले उडाइरहेको हेलिकोप्टर ल्याउँदै गरेका हौँ । छ महिनाभित्र अर्को हेलिकोप्टर थप्छौँ । केही समयभित्रै यस्ता पाँचवटा हेलिकोप्टर थप्ने कम्पनीको योजना छ’, भुसालले भने, ‘चीनबाट उडाएर सीधै नेपाल ल्याउन प्राविधिक कठिनाइ भयो, त्यसैले तातोपानी ताकासम्म टेलरमा हालेर ल्याएका हौँ, सीधै उडाएर ल्याउन हामीले चीन र नेपाल दुवैतर्फ उडान अनुमति लिएका थिएनौँ ।’

अरनिको राजमार्ग : धुलिखेल-साँगा सडकखण्डमा काम रोकियो

सिद्धबाबा सुरुङमार्गमा ‘इन्भर्ट’ निर्माणको काम सकियो

राजश्वमा ४० प्रतिशत सवारीकरको योगदान

भन्सार शुल्कको कुल आयमध्ये चालीस प्रतिशत राजश्व चिनियाँ सवारी साधनले ओगटेको छ ।

आर्थिक वर्ष २०८१-८२ को साउनदेखि यही असार १७ गतेसम्मको राजश्व असुली विश्लेषणका आधारमा करिब ४० प्रतिशत हिस्सा सवारी साधन करबाट मात्र प्राप्त भएको भन्सार कार्यालयले जनाएको छ ।

प्रमुख भन्सार अधिकृत तुलसीप्रसाद भट्टराईका अनुसार चालू आवको यस अवधिमा २९ अर्ब ६५ करोड ९३ लाख असुली भएको छ भने गत वर्षको साही अवधिमा २० अर्ब २१ करोड मात्र राजश्व संकलन भएको थियो ।

तुलसीपुरमा दुई पक्की पुल निर्माण

म्याग्दीको दरखोलामा झोलुङ्गे पुल निर्माण

प्रकाशित मिति : १९ असार २०८२, बिहीबार  ७ : ०६ बजे

इरानसँगको सम्झौता ‘परमाणु खतरा पूर्ण रूपमा अन्त्य’ का लागि हुनुपर्छ : नेतन्याहु

जेरूसेलम – इरानसँगको सम्झौता ‘परमाणु खतरा पूर्ण रूपमा अन्त्य’ का

फेवातालमा राष्ट्रिय महिला तथा पुरुष डुङ्गा दौड हुँदै

कास्की – देशको पर्यटकीय राजधानी पोखराको प्रमुख पर्यटकीय आकर्षण फेवातालमा

तीव्र हावाहुरीका कारण प्रसारण लाइनमा रुख ढल्दा ट्रिपिङको समस्या, समाधानको प्रयासमा प्राधिकरण

काठमाडौं – नेपाल विद्युत प्राधिकरणले तीव्र हावाहुरीका कारण प्रसारण लाइनमा

काभा भलिबल : नेपाल सेमिफाइनलमा प्रवेश

काठमाडौं – नेपालले माल्दिभ्सलाई पराजित गर्दै सेन्ट्रल एसियन भलिबल एसोसिएसन

पत्रिकालाई फसाउन घुस र मदिरा ? चिनियाँ दूतावासले भन्यो : नियोजित रूपमा बदनाम गराउने प्रयास

काठमाडौं– नेपालस्थित चिनियाँ दूतावासले सञ्चारमाध्यमका केही पत्रकारहरूलाई घुस दिएर एक