विनोद चौधरीलाई दिनेश कोइरालाको जवाफ- पार्टीलाई चन्दा दिँदैमा जे पनि गर्न मिल्दैन   « Khabarhub

विनोद चौधरीलाई दिनेश कोइरालाको जवाफ- पार्टीलाई चन्दा दिँदैमा जे पनि गर्न मिल्दैन  


१९ असार २०८२, बिहीबार  

पढ्न लाग्ने समय : 2 मिनेट


2.2k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपाली काँग्रेसका केन्द्रीय सदस्य दिनेश कोइरालाले पार्टीलाई चन्दा दिएकै भरमा आफूलाई नेता मान्नुपर्छ भन्ने दुस्साहस कसैले गर्न नहुने बताएका छन् । कांग्रेस केन्द्रीय कार्यसमितिको बिहीबारको बैठकमा धारणा राख्ने क्रममा उनले डलर अर्बपति विनोद चौधरीतर्फ लक्षित गर्दै यस्तो अभिव्यक्ति दिएका हुन् । 

‘अर्का खाले मानिस हुन्छन् जो पार्टीलाई चन्दा दिएकोमा गर्व गर्छन् । राजनीतिक दललाई चन्दा दिनु राम्रो हो । चन्दा कति पारदर्शी तरिकाले दिइएको छ भन्ने पनि हेक्का राख्नुपर्छ,’ चौधरीको नाम नलिएरै कोइरालाले भने, ‘मैले चन्दा दिएको छु, त्यसैले मलाई नेता मान्नुपर्छ भन्ने दुस्साहस गर्न हुँदैन । मैले चन्दा दिएको छु, त्यसैले मैले जे गरे पनि हुन्छ भन्न हुँदैन ।’

उनले पार्टीका संस्थापक नेता बीपी कोइरालाले भनाइ स्मरण गर्दै सुकिला–मुकिलाले पार्टी कब्जा गरेर इमानदारले संघर्ष गर्नुपर्ने दिन नआओस् भन्नेमा सबै सचेत हुनुपर्नेमा जोड दिए । ‘सुकिलामुकिलाले पार्टी कब्जा गरेर इमानदारहरूले संघर्ष गर्नुपर्ने दिन नआओस् । यसमा हामी सचेत हुनैपर्छ,’ केन्द्रीय सदस्य कोइरालाले भने, ‘मैले प्रवृत्तिको कुरा गरेको हो ।’ 

केन्द्रीय सदस्य चौधरीले नेता डा. शेखर कोइरालालाई संकीर्ण भनेको प्रति कोइरालाको आपत्ति थियो । ‘विनोद चौधरीका बारेमा शेखर कोइरालाले एउटा प्रश्न उठाउनुभयो, जवाफमा विनोदले आठ वटा प्रश्न उठाउनुभयो । शेखर कोइरालालाई संकीर्ण पनि भन्नुभयो,’ उनले भने, ‘शेखर कोइराला, शेरबहादुर देउवालगायत हाम्रो पार्टीका नेताहरू संकीर्ण हुनुहुन्थ्यो भने उहाँ अन्तरीक्षबाट टपक्क ओर्लिएर केन्द्रीय सदस्य बन्न पाउनु हुन्थ्यो ।’ 

केन्द्रीय सदस्य कोइरालाले पार्टीका नेताहरूका अनेक कमजोरी भए पनि उनीहरूमा छुद्रता र संकीर्णता नभएको जिकिर पनि गरे । ‘हाम्रा नेताहरू मानिस हो, अनेक कमजोरी छ, तर उहाँहरूमा छुद्रता र संकीर्णता छैन भनेर म ठोकेर भन्न सक्छु,’ उनले भने, ‘हाम्रा नेताहरूको उदारता नदेख्ने तर संकीर्णतामात्र देख्ने प्रवृत्ति पनि ठीक होइन भन्ने मेरो ठम्याइ छ ।’

नेता कोइरालाले कांग्रेसको पहिलो कार्यभार निरस जनतामा आशा जगाउनु रहेको बताए । उनले केन्द्र सरकारको काम प्रभावकारी बनाउनेमा तत्काल ध्यान केन्द्रित गर्न आवश्यक रहेको पनि बताए । भ्रष्टाचारलाई देशको सबैभन्दा ठूलो मुद्दाका रूपमा चित्रित गर्दै कोइरालाले भ्रष्टाचार नियन्त्रणको प्रस्थान विन्दु सम्पत्ति छानबिनलाई बनाउनुपर्नेमा जोड दिए । 

विगतको निर्वाचनको अनुभव बैठकमा सुनाउँदै कोइरालाले नेतृत्वले गरेको गल्तीमा कार्यकर्तामाथि कारबाहीको डन्डा बर्साउन नहुने धारणा व्यक्त गरे । निर्वाचनमा गठबन्धन गरिएको नेकपा माओवादी केन्द्रबाट धोका खाएको कांग्रेसले नेकपा एमालेसँग मिल्दा पनि धोका पाएको उनले बताए । 

‘निर्वाचनमा हामी माओवादीसँग मिल्यौँ । माओवादीले धोका दिएपछि एमालेसँग मिल्यौँ । हाम्रो काम नै धोका खाने भयो,’ कोइरालाले भने, ‘नेतृत्वले गल्ती गर्ने अनि कार्यकर्तामाथि कारबाहीको डन्डा बर्साउने ? यो हुँदैन । कांग्रेसको उम्मेदवार विरुद्ध बागी उम्मेदवारी दिन पाइँदैन । तर, पार्टीलाई धोका दिने गठबन्धन विरुद्ध उम्मेदवार बनेकाहरूलाई कारबाही गर्न हुँदैन । उनीहरूको कारबाही फुकुवा हुनुपर्छ ।’

प्रकाशित मिति : १९ असार २०८२, बिहीबार  ६ : २८ बजे

रास्वपा नेताहरूसँग छलफल गर्दै रवि, बालेन भेट्न पुगे शिशिर

काठमाडौं- नेताहरूसँग छलफल गर्ने भन्दै राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि

इनड्राइभले सार्वजनिक गर्‍यो ‘इनड्राइभसँग सुरक्षित यात्रा, तपाईँकै रोजाइमा’ सेफ्टी अवेयरनेस अभियान

काठमाडौं- इनड्राइभले आफ्नो सेफ्टी अवेयरनेस अभियान ‘इनड्राइभसँग सुरक्षित यात्रा, तपाईँकै रोजाइमा’

माओवादी केन्द्रीय समितिको बैठक जारी, एक्लै चुनाव लड्ने तयारीमा जुट्न विप्लवको निर्देशन

काठमाडौं– नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपा (माओवादी) ले आगामी निर्वाचनमा

रुसलाई जेलेन्स्कीको कडा चेतावनी

एजेन्सी – युक्रेनका राष्ट्रपति भोलोदिमर जेलेन्स्कीले रुसले अन्तर्राष्ट्रिय प्रतिबन्ध छल्ने