रुसको कुर्स्क क्षेत्रमा नौसेना उपप्रमुखको मृत्यु « Khabarhub

रुसको कुर्स्क क्षेत्रमा नौसेना उपप्रमुखको मृत्यु


१९ असार २०८२, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


453
Shares
  • change font
  • change font
  • change font

मस्को– कुर्स्क क्षेत्रमा जारी भिडन्तका क्रममा नौसेनाका उप-कमाण्डरका रुपमा कार्यरत एक उच्च पदस्थ रुसी जनरलको मृत्यु भएको रूसी अधिकारीले बिहीबार बताएका छन् ।

सन् २००० देखि सेनामा कार्यरत ४२ वर्षीय मिखाइल गुडकोभलाई सन् २०२३ मा राष्ट्रपति भ्लादिमिर पुटिनले ‘हिरो अफ द रसियन फेडेरेसन’ घोषणा गरेका थिए ।

सन् २०२२ को फेब्रुअरीमा मस्कोले युक्रेनमाथि आक्रमण सुरु गरेयता मारिएका उनी वरिष्ठ रुसी सैन्य अधिकारीमध्ये एक हुन्।

“सन् २०२५ जुलाई २ मा कुर्स्क क्षेत्रको एक सीमा क्षेत्रमा युद्ध अभियानको क्रममा मेजर जनरल मिखाइल एभगेनिभिच गुडकोभ मारिएको रुसको रक्षा मन्त्रालयलाई उद्धृत गर्दै सरकारी समाचार संस्था आरआइएले जनाएको छ ।

रुसको सुदूर पूर्वको प्रिमोरी क्षेत्रका प्रमुख ओलेग कोझेम्याकोले गुड्कोभ ‘अफिसरको रूपमा आफ्नो कर्तव्य पूरा गर्ने क्रममा मारिएको’ बताएका छन् । कोझेम्याकोले गुड्कोभसँग आफूले वर्षौंदेखि ‘धेरै’ कुरा गरेको भन्दै उनको प्रशंसा गर्दै उनलाई ’बलियो योद्धा’ को संज्ञा दिए । 

उनका अनुसार गुड्कोभ रुसी सुदूर पूर्वमा रहेको प्यासिफिक क्षेत्रको १५५ औं ‘गाड्र्स नेभल इन्फेन्ट्री ब्रिगेड’का पूर्व कमान्डर थिए । 

गभर्नरले भने, रूसी नौसेनाको उपकमान्डर बनेपछि पनि गुडकोभ ‘व्यक्तिगत रूपमाु रूसी नौसेनाको गतिविधिमा सक्रियताका साथ काम गर्दै आएका थिए ।

युक्रेनी सेनाले सन् २०२२ मा सुरु भएको रुसको पूर्ण अभियानको प्रतिक्रियास्वरूप गत वर्ष कुर्स्कको ठूलो भाग कब्जा गरेको थियो । गत अप्रिलमा रुसले उक्त क्षेत्र पूर्णरुपमा कब्जामा लिएको बताएको थियो तर सीमा क्षेत्रमा भिडन्त जारी छ ।
 

प्रकाशित मिति : १९ असार २०८२, बिहीबार  ७ : १३ बजे

काठमाडौं विश्वविद्यालयको उपकुलपति पदका लागि दरखास्त आह्वान

काठमाडौं- काठमाडौं विश्वविद्यालय (केयू) को रिक्त उपकुलपति पदका लागि दरखास्त

भियतनाममा बिरालो उद्धार अभियान

हो ची मिन्ह सिटी- भियतनामको हो ची मिन्ह सिटीमा प्रहरीले

ह्याट्रिक गरेपछि मेस्सीको सम्मानमा स्टेडियम नै जुरुक्क उठ्यो 

काठमाडौं– लियोनल मेस्सी फुटबल इतिहासकै महान् खेलाडी रहेको मंगलबार राति फेरि

रौतहटको सवारी व्यवस्थापनमा सुधार

रौतहट– मधेस प्रदेशको रौतहट जिल्लामा गत आर्थिक वर्षको तुलनामा चालु

‘प्रेस स्वतन्त्रता, डिजिटल रूपान्तरण र ग्रामीण दूरसञ्चार विस्तार सरकारको प्राथमिकतामा’

काठमाडौं– सूचना तथा सञ्चारमन्त्री डा विक्रम तिमिल्सिनाले सरकारले अभिव्यक्ति स्वतन्त्रता,